आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय खुला टेबलटेनिस : यु–१६ मा शङ्कर र योङगीलाई स्वर्ण

बिहीबार, २५ फागुन २०७९, १९ : ५१
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । दरबार हाइस्कुलका शङ्कर पहारी र अस्मिता स्कुलकी योङगी पौडेलले १२औँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको यु–१६ एकल विधामा आज  स्वर्ण जितेका छन् । शङ्कर छात्र तथा योङगी छात्रामा पहिलो भएका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छात्र फाइनलमा शङ्करले अस्मिताका आशिष महतालाई १२–१०, ५–११, ११–७ र ११–७ को सेटमा पराजित गरे । सिर्जना ज्ञान सागरका सन्तोष थापा र मोर्डन इन्डियन स्कुल (एमआइएस)का विशाल थापा तेस्रो भए ।

त्यस्तै छात्रातर्फको उपाधि भीडन्तमा योङगीले न्यू सुम्निमाकी अङ्किता बज्राचार्यलाई ११–५, ६–११, ११–६ र ११–५ को सेटमा हराइन् । एपेक्स लाइफकी विद्विसा मैनाली र सिर्जना ज्ञान सागरकी विपिन थापा तेस्रो भए ।

अखिल नेपाल टेबलटेनिस सङ्घको तत्वावधानमा काठमाडौँ जिल्ला टेबलटेनिस सङ्घद्वारा आयोजित उक्त प्रतियोगिताको छात्र टिम इभेन्टमा सिर्जना ज्ञान सागरले फाइनलमा ह्वाइटफिल्डलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै पहिलो स्थान कब्जा ग¥यो । त्रियोग र एपेक्स लाइफ तेस्रो स्थानमा रहे । उक्त स्पर्धाको छात्रामा प्रभात पहिलो भयो । प्रभातले फाइनलमा सिर्जना ज्ञान सागरलाई सिधा सेटमा ३–० ले पन्छायो ।

यु–१० छात्रा एकलतर्फ प्राइम ग्लोबलकी प्राज्ना महर्जनले स्वर्ण चुमिन् । प्राज्नाले फाइनलमा प्रभातकी उरवी सुवालमाथि ३–२ को जित रचिन् । सोही स्पर्धाको छात्रतर्फको फाइनलमा इडेन गार्डेनका रिजन शाक्यले सिर्जना सागरका प्रसिद्ध श्रेष्ठलाई ३–० ले निराश पारे ।

यु–१२ छात्रा एकलतर्फ सेन्ट मेरिजकी सुरण्या शाक्या विजेता बनिन् । सुरण्याले फाइनलमा प्रभातकी सफिना कोजुलाई ३–० ले पराजित गरिन् । सोही स्पर्धाको छात्रा फाइनलमा एभरेष्टका आर्यन शाहीले बसाराका वचन विष्टलाई ३–० ले हराउँदै शीर्षस्थान हात पारे ।

यु–१४ छात्रा एक विधामा युलेन्सकी शुभश्री श्रेष्ठ र छात्रमा वृहस्पति विद्या सदनका सार्थक मानन्धर च्याम्पियन बने । शुभश्रीले ग्लोरियाकी महिमा महतालाई ३–० तथा सार्थकले आदर्श विद्या मन्दिर ९एभीएम०का जयेश्नु महर्जनलाई ३–१ ले फाइनलमा हराए ।

‘सबैका लागि टेबलटेनिस’ भन्ने नारा दिइएको प्रतियोगितामा पुरुष–महिला सिङ्गल्स खुला, स्कुल, कलेज, भेट्रान, बहिरा, शारीरिक अपाङ्गता भएका, दृष्टिविहीन र खेल पत्रकारमा गरी जम्मा ३४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको आयोजकका अध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिए । 

प्रतियोगितामा पुरुष–महिला सिङ्गल्समा पहिलो हुनेले रु ५० हजार, दोस्रोले रु २५ हजार तथा तेस्रो हुनेले जनही रु १० हजार पुरस्कार पाउने छन् । प्रतियोगिता फागुन २९ गतेसम्म चल्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप