राष्ट्रपतिमा पौडेलको जितसँगै गठबन्धन समृद्धिको यात्रामा अघि बढ्यो : नेता महर
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भएसँगै निर्वाचन अघिको गठबन्धन समृद्धिको यात्रामा अगाडि बढेको बताएका छन् ।
चुनावअघि संविधानको रक्षा, स्थिरता र समृद्धिको नारा दिएर चुनावी तालमेलमा होमिएको गठबन्धन बीचमा केही विचलित भए पनि फेरि सही बाटोमा हिँडेको उनले बताए ।
'मुलुकको समृद्धि नचाहने तत्त्वले बीचमा खेल्न खोजे । आत्तिएकाहरूले गठबन्धनलाई टुटाएर मुलुकमा अस्थिरता सिर्जना गर्नखोजे । तर, अन्तत्वगत्वा सत्यको जित भएको छ । संविधानको रक्षा, स्थिरता र समृद्धिको नारा दिएर जनतासामु मिलेर काम गर्ने वाचा गरेको गठबन्धन पुनः एक ठाउँमा उभिएको छ । अब पक्कै पनि मुलुकले अपेक्षित गति लिने छ,' महरले भने । जनताले यही गठबन्धनलाई मिलेर जान म्यान्डेट दिएको हुनाले त्यो भन्दा दाँयाबाँया गर्न नहुने तर्क गरे ।
लोकतान्त्रिक आन्दोलनमा पौडेलले पुर्याएको योगदानको चर्चा गर्दै महरले सच्चा र आदर्श राजनीतिज्ञको आज उपयुक्त सम्मान भएको बताए ।
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ८०२ मतभार पाउँदा नेम्वाङले १५ हजार ५१८ मतभार ल्याएका छन्। राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका ७ दलसँग गठबन्धन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण