शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

होलीमा घर गएकी थिइन् डाक्टर सुमेधा, प्रेमीले गरिदिए हत्या

शुक्रबार, २६ फागुन २०७९, १६ : ५६
शुक्रबार, २६ फागुन २०७९

जम्मूमा एक महिला डाक्टरलाई उनका प्रेमीले चक्कु हमला गरेर हत्या गरेका छन् । युवकले प्रेमिकाकाे हत्या गरेपछि आत्महत्या गर्ने प्रयास पनि गरे । सूचना पाएपछि पुगेको प्रहरीले घाइतेलाई अस्पताल भर्ना गरेका छन् । साथै, मुद्दा दर्ता गरेर यो घटनाको छानबिन सुरु गरेका छन् ।

महिलाको पहिचान डाक्टर सुमेधा शर्माको रूपमा भएको छ । यस्तै आरोपीको पहिचान डोडा जिल्ला निवासीजौहरगनईको रूपमा भएको छ । 

आरोपीका एक आफन्तले प्रहरीलाई जानकारी दिएपछि यो घटना थाहा भएको हो । ती आफन्तले जौहर गनईले फेसबुक पोस्टमा केही निजी कारणले आफ्नो जीवन लीला समाप्त गर्न लागेको भनेर लेखेको भन्दै प्रहरीलाई जानकारी दिए ।

सूचना पाएपछि प्रहरी जम्मूको जानीपुरस्थित जौहरको घर गए । घरको गेट बाहिरबाट बन्द थियो । प्रहरी घरभित्र जाँदा महिला डाक्टर सुमेधाको शव रगतले लत्पत्तिएको भेटे जबकि आरोपीको पेटमा गम्भीर चोटको निशान थियो । प्रहरीले दुबैलाई तत्काल अस्पताल पुर्‍याए ।

प्रहरीले कानुनी औपचारिकता पूरा गरेपछि युवतीको शव उनको परिवारलाई सुम्पिएको छ । आरोपीको स्थिति गम्भीर छ र सरकारी मेडिकल कलेज जम्मूमा उनको उपचार चलिरहेको छ । प्रहरीले हत्याको मुद्दा दर्ता गरेको छ । यसबारे अनुसन्धान जारी छ ।

Capture1जौहर र सुमेधा एउटै कलेजका विद्यार्थी

स्रोतका अनुसार मृतक सुमेधा शर्मा र आरोपी जौहरबीच प्रेम सम्बन्ध थियो । उनीहरुले जम्मूको एक डेन्टल कलेजबाट ब्याचलर अफ डेन्टल सर्जरी (बीडीएस) गरेका थिए । सुमेधा हाल जम्मू–कश्मीरभन्दा बाहिर एक कलेजबाट एमडीएस गरिरहेकी थिइन् ।

Capture2होलीमा जौहरको घरमा गएकी थिइन् सुमेधा

सुमेधा होलीको छुट्टीमा जम्मू गएकी थिइन् र ७ मार्चमा उनी जानीपुरमा आफ्नो प्रेमी जौहरको घर गएकी थिइन् जहाँ यी दुईबीच केही मुद्दामा झगडा भयो र त्यति बेला जौहरले भान्सामा प्रयोग गरिनेचक्कुमार्फत् सुमेधाको हत्या गरिदिए र त्यही चक्कुले आत्महत्या गर्ने कोसिस गरे ।

आरोपी र मृतक दुबै परिवारले घटनाबारे केही बोलेका छैनन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप