पृथ्वी राजमार्ग १५ दिनसम्म दैनिक चार घण्टा बन्द हुने
शुक्रबार, २६ फागुन २०७९, २१ : ००
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत बिमलनगरदेखि घाँसी कुवासम्मको पूर्वी सडकखण्ड १५ दिनसम्म दैनिक चार घण्टा पूर्णरुपमा बन्द गरिने भएको छ । यही फागुन २८ देखि चैत १२ गतेसम्म राति १२ बजेदेखि बिहान ०४ बजेसम्म दैनिक बन्द गर्न लागिएको हो ।
अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधानमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । जिल्ला सुरक्षा समितिको शुक्रबार बैठकले निर्णय गरेको हुँदा सम्बन्धित सबै सरोकारवालाको लागि सूचनामार्फत जानकारी गराइएको उनले बताए ।
उक्त समय अवधिमा अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधान पूर्णरुपमा बन्द गरी सुरक्षित तरिकाले काम गर्नेगरी राजमार्ग बन्दको व्यवस्था मिलाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दिने नेपाल भ्रमण पूरा गरी भारतीय उच्च अदालतका पूर्वन्यायाधीश यादव स्वदेश फिर्ता
-
नक्कली चिकित्सकमाथि कारबाहीका लागि सीआईबीलाई पत्राचार
-
लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीन दिने कार्यक्रम सार्वजनिक
-
कर्णाली सरकारले बनाएका विषादी प्रयोगशाला सञ्चालनमा आएनन्
-
संखुवासभामा ४ म्याग्निच्युडको भूकम्प
-
कर्णालीमा कर्मचारी अभावको गुनासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण