श्रीमानकाे कुटाइबाट श्रीमतीको मृत्यु
जुम्ला । जुम्लामा श्रीमानकाे कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। तिला गाउँपालिका –४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले आफ्नै पत्नी २१ वर्षीय ममता नेपालीलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी प्रल्हाद कार्कीका अनुसार मृतकको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोस्टमार्टमका लागि पठाइएको छ भने सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
प्रारम्भिक बयानमा श्रीमान्ले कुटपिट गर्दा श्रीमती बेहोस हुन पुगेको बताएका छन्।प्रहरी निरीक्षक यामबहादुर बुढामगरले कुटपिट गरेर घाइते बनाएको र समयमै उपचार नहुँदा मृत्यु भएको जनाए।
प्रहरीलाई शनिबार दिउँसो २ बजेतिर खबर प्राप्त भएको थियो । प्रहरीका अनुसार शवको प्रकृति हेर्दाखेरी एक हप्ताअघि नै हत्या गरेर घरमा लुकाएर राखेको देखिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभाः २ विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
-
नियमावली र नीति स्वीकृतदेखि विभिन्न नियुक्तिसम्म : यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
गोरखापत्रको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त
-
कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत
-
शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत
-
इरानको चेतावनी : होर्मुज जलडमरूमध्यमा आफूले तोकेकै मार्ग प्रयोग गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण