बजेट विवाद उत्कर्षमा : कोशी प्रदेशसभा बैठक पुनः स्थगित
बिहीबार, १८ असार २०८३, १४ : ३६
सारांश
- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको विवाद समाधान नहुँदा प्रदेशसभा बैठक पुनः स्थगित भएको छ।
- सत्तापक्षभित्र बजेट संशोधनको मोडालिटीमा सहमति जुट्न नसकेपछि लगातार तेस्रो पटक बैठक स्थगित भएको हो।
- बजेट असन्तुलित, मन्त्री केन्द्रित र वितरणमुखी भएको भन्दै सत्तारुढ दलकै सांसदहरूले संसद् चल्न नदिने अडान लिएपछि गतिरोध अन्त्यका लागि बनेको कार्यदलले पनि ठोस सहमति जुटाउन सकेन।
विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटमाथि चुलिएको विवाद सुल्झिन नसक्दा आजका लागि बोलाइएको प्रदेशसभा बैठक पुनः स्थगित भएको छ।
सत्तापक्षबिच नै बजेट संशोधनको मोडालिटीमा सहमति जुट्न नसकेपछि बैठक फेरि स्थगित गरिएको हो। यो स्थगितसँगै बजेट प्रस्तुत भएयता कोशी प्रदेशसभाको बैठक लगातार तेस्रो पटक स्थगित हुन पुगेको छ।
बजेट असन्तुलित, मन्त्री केन्द्रित र वितरणमुखी भएको भन्दै सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसकै असन्तुष्ट सांसदहरूले संसद् चल्न नदिने अडान राखेपछि उत्पन्न गतिरोध अन्त्यका लागि ६ सदस्यीय संयुक्त कार्यदल बनाइएको थियो।
तर, उक्त कार्यदलले पनि समयमै ठोस सहमति जुटाउन नसकेपछि अन्ततः आजका लागि तय गरिएको बैठक स्थगित गर्न सरकार बाध्य भएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु
-
कांग्रेस नेता निधि निवासमा तीन नेताबिच छलफल
-
बैंकिङ क्षेत्र चम्किँदा बढेर बन्द भयो सेयर बजार, ४ अर्ब माथिको कारोबार
-
शून्यबाट वैज्ञानिकहरूले बनाए कृत्रिम जीवित कोष
-
कर्णाली प्रदेश सभा बैठकमा हङ्गामा
-
रुसको मिसाइल र ड्रोन आक्रमणमा किभमा कम्तीमा १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण