बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेशसभाः  २ विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

बिहीबार, १८ असार २०८३, १६ : १२
बिहीबार, १८ असार २०८३

सारांश

  • बागमती प्रदेशसभा बैठकले 'प्रदेश उच्च शिक्षा ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक २०८३' र 'प्रदेश विद्युत् विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८३' माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
  • सामाजिक विकास मन्त्री कञ्चन चन्द्र बादे र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले क्रमशः प्रदेश उच्च शिक्षा र प्रदेश विद्युत् विकास विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
  • प्रस्ताव स्वीकृत भएसँगै विधेयकहरूमाथि संशोधन प्रस्ताव आह्वान गरिएको छ र सांसदहरूले संशोधन प्रस्ताव राख्नेछन् ।

हेटौँडा । बागमती प्रदेशसभा बैठकले २ विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकले ‘प्रदेश उच्च शिक्षा ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक २०८३’ र ‘प्रदेश विद्युत् विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

बैठकमा सामाजिक विकास मन्त्री कञ्चन चन्द्र बादेले प्रदेश उच्च शिक्षा ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक २०८३’ विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए भने खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले ‘प्रदेश विद्युत् विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८३’ विधेयक यकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त २  विधेयक माथि विचार गरियोस् भन्ने प्रस्तावलाई उपसभामुख अप्सरा चापागाईले निर्णायार्थ पेस गरेकी थिइन् । उनले निर्णायार्थ पेस गरेको उक्त विधेयकहरूलाई सांसदहरूले हुन्छ भनेर सर्वसम्मत स्वीकृत गरेका हुन् ।

विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएसँगै उक्त विधेयकहरू माथि संशोधन प्रस्ताव आह्वान गरिएको छ । उक्त विधेयक माथि सांसदहरूले संशोधन राख्ने छन् भने विधेयकहरूलाई सम्बन्धित समितिहरूमा पठाइन् । समितिहरूमा सो विधेयकहरूमा माथि दफावार छलफल तथा संशोधन प्रस्ताव माथि समेत छलफल हुनेछ भने छलफल पछि आवश्यक परिमार्जन सहित प्रतिवेदन तयार भएर पुनः समितिमा नै फिर्ता हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप