इरानको चेतावनी : होर्मुज जलडमरूमध्यमा आफूले तोकेकै मार्ग प्रयोग गर्न आग्रह
सारांश
- इरानले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने जहाजहरूलाई आफूले तोकेकै मार्ग प्रयोग गर्न पुनः चेतावनी दिएको छ।
- तोकिएको मार्ग अवज्ञा गर्ने जहाजविरुद्ध तत्काल र कडा सैन्य प्रतिक्रिया दिइने तथा त्यसको सुरक्षा जोखिममा पर्ने चेतावनी दिइएको छ।
- विश्वको करिब २० प्रतिशत कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यास आपूर्ति हुने यो जलमार्ग अन्तर्राष्ट्रिय रूपमा अत्यन्त संवेदनशील मानिन्छ।
तेहरान । इरानले महत्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने जहाजहरूलाई तेहरानले तोकेको मार्ग मात्र प्रयोग गर्न पुनः चेतावनी दिएको छ।
इरानको संयुक्त सैन्य कमाण्डले बिहीबार जारी गरेको वक्तव्यमा तोकिएको मार्ग अवज्ञा गर्ने जहाजविरुद्ध तत्काल र कडा सैन्य प्रतिक्रिया दिइने तथा त्यसको सुरक्षा जोखिममा पर्ने चेतावनी दिएको हो। उक्त जानकारी अर्ध–सरकारी समाचार संस्था फार्सले सार्वजनिक गरेको छ।
हाल स्ट्रेट अफ होर्मुज भएर जहाज सञ्चालनका लागि तीनवटा मार्ग प्रयोग भइरहेका छन्। एउटा इरानी तट नजिक, अर्को ओमानको तट नजिक र तेस्रो युद्धअघि प्रयोग हुने बीचको मार्ग हो। इरानले आफ्नो नियन्त्रण कमजोर हुने भन्दै ओमान नजिकको तथा बीचको मार्ग प्रयोग नगर्न जहाजहरूलाई आग्रह गर्दै आएको छ।
बिहीबार इरानको रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले पनि वैकल्पिक मार्ग प्रयोग गर्ने जहाजहरू त्यसबाट उत्पन्न हुने जुनसुकै परिणामका लागि स्वयं जिम्मेवार हुने चेतावनी दिएको छ।
विश्वको करिब २० प्रतिशत कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यास आपूर्ति यही जलमार्गबाट हुने भएकाले यसको सुरक्षा र सञ्चालन अन्तर्राष्ट्रिय रूपमा अत्यन्त संवेदनशील मानिन्छ। यस जलमार्गको अवस्थाबारेको विवाद इरान र अमेरिकाबीच जारी वार्ताको प्रमुख अवरोधमध्ये एक बनेको छ।
यसैबीच, बुधबार अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)ले बहराइनमा मध्यपूर्वका १२ देशका प्रतिनिधिसँग बैठक गरेको थियो। बैठकमा क्षेत्रीय सुरक्षा अवस्था तथा स्ट्रेट अफ होर्मुजबाट अन्तर्राष्ट्रिय व्यापार निर्बाध रूपमा सञ्चालन हुने सुनिश्चितताप्रति साझा प्रतिबद्धता दोहोर्याइएको सेन्टकमले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिले राजीनामा दिँदा राम्रो हुन्छ : प्रभु साह
-
स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने
-
नेपाल प्रगतिशील प्राध्यापक संगठनले भन्यो– त्रिवि सेवा आयोगमा दलीय बफादारिताका आधारमा राजनीतिक नियुक्ति गरियो
-
प्रयोग नगरिएका एपहरू फोनको गोपनीयताको लागि हुन्छन् ठूलो खतरा
-
चोरबाटोबाट बजेट सच्याए प्रतिरोध गर्ने नेकपाको चेतावनी
-
डिजेलको मूल्य ४३ रुपैयाँले घट्दा २ प्रतिशतले मात्रै घट्यो गाडी भाडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण