बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

झापामा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

बिहीबार, १८ असार २०८३, १५ : २९
बिहीबार, १८ असार २०८३

काठमाडौँ । झापाको शिवसताक्षी नगरपालिकामा भारत सरकारको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण सुरु भएको छ । 

कोशी प्रदेश अन्तर्गत झापा जिल्लाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री जन आदर्श माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि आज संयुक्त रूपमा शिलान्यास गरिएको हो।

भवनको शिलान्यास कोशी प्रदेश सभा सदस्य राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ्ग थोप्रा र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा गरेका हुन्।

भारत सरकारको करिब ३ करोड नेपाली रुपैयाँ आर्थिक सहयोगमा यो विद्यालय भवन निर्माण हुन लागेको हो। उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुन लागेको यो भवन झापाको शिवसताक्षी नगरपालिकामार्फत कार्यान्वयन गरिने बताइएको छ ।

नयाँ भवन निर्माण हुन लागेपछि शिवसताक्षी नगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरेका छन्।

यो नयाँ पूर्वाधारले शिवसताक्षी नगरपालिकाका विद्यार्थी तथा शिक्षकहरूका लागि सिकाइ वातावरण सुदृढ गर्न ठुलो मद्दत पुर्‍याउने विश्वास उनीहरूले व्यक्त गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप