आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपति निर्वाचनका लागि अन्तिम नामावली प्रकाशित

आइतबार, २८ फागुन २०७९, १६ : ४२
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भएको छ । निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा २३ अनुसार आइतबार नामावली प्रकाशन गरेको हो ।

अन्तिम नामावलीमा शनिबार आयोगमा उम्मेदवारी दिएका चारै जना उम्मेदवारहरू समावेश छन् । जसमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जसपा नेपालबाट प्रमिला कुमारी र रामसहाय प्रसाद यादव रहेका छन् ।

s

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप