नेपाललाई लगातार दुई सफलता, ललित र सन्दीपले लिए विकेट
सोमबार, २९ फागुन २०७९, ११ : १३
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध लगातार दुई सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले २३ र २४ औं ओभरमा विकेट लिएको हो ।
नेपालका लागि २३ औं ओभरको पाँचौं बलमा ललित नाराया राजवंसीले पाँचौं विकेट लिएका हुन् ।
ललितले २३ औं ओभरको पाँचौं बलमा रिले हेकुरेलाई क्याच आउट गराएका हुन् । हेकुरेले ४ रन बनाए । नेपालका लागि सन्दीपले २४ औं ओभरको पहिलो बलमा कार्लेस आमिनीलाई १६ रनमा क्याच आउट गराए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण