जापानको योकोसुका सिटी र भरतपुर महानगरबीच भगिनी सम्बन्धलाई निरन्तरता दिने सम्झौता

जापान । कानागावा प्रिफेक्चरको योकोसुका सिटी र भरतपुर महानगर पालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको ३ वर्षपछि त्यसलाई निरन्तरता दिनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा हस्ताक्षरका लागि जापान भ्रमणमा रहेकी भरतपुर महानगरपालिका नगर प्रमुख रेणु दाहाल र योकोसुका सिटीका मेयर कातासुकी कामाजीबीच भएको सम्झौतामा दुई नगरपालिकाले प्राविधिक ज्ञान, शिक्षा, सरसफाइ, बेरोजगारीको अन्त्यका लागि सहयोग आदानप्रदान गर्ने उल्लेख छ ।
'जनप्रतिनिधि र कर्मचारी स्तरमा अनुभव आदानप्रदानसहित आवश्यक अन्य सहयोग गर्नका लागि योकोसुका सिटीसँग छोटो मध्यम र लामो अवधिमा सहयोग आदानप्रदान हुने गरी सम्झौता भएको छ', भरतपुर महानगरपालिका नगर प्रमुख दाहालले भनिन्- 'यस खालका कार्यक्रमले दुई देशबीचमा रहेको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाई नगरको विकास र प्रणाली सुधारमा टेवा पुर्याउने छ ।'
जापान भ्रमणले यहाँका नागरिकमा रहेको अनुशासन र जिम्मेवारी बोध सेवा प्रदायकहरूमा रहेको सुशासन, सहज सेवा प्रवाह, कामप्रतिको लगनशीलता र जनताप्रतिको उत्तरदायित्वले निकै नै प्रभाव पारेकोले त्यो अनुभवलाई आफूले सक्दो अवलम्बन गर्ने नगर प्रमुख दाहालले बताइन् ।
योकोसुका सिटीको कार्य स्थलको अवलोकन समेत गरेकी नगर प्रमुख दाहालले प्रशासनिक काम गर्दा जापानले अवलम्बन गरेको कार्य स्थलको कर्मचारीको बसाइँले सेवाग्राहीलाई हुने गरेको सहजतासहितको पारदर्शिताबाट आफू प्रभावित भएकोले भरतपुरमा १ अरबको लगानीमा बन्न लागेको प्रशासनिक भवनमा केहि सुधार गर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनिल थापा नियुक्त
-
राहुल गान्धीविरुद्ध बेलायतको अदालतमा मुद्दा हाल्छु : ललित मोदी
-
भारतीय मिडियाले भन्यो, ‘नेपाल सीमामा कडाइ पछि अमृतपाल उत्तराखण्डबाट पञ्जाब फर्किए’
-
दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या समाधान हुन्छ : प्रधानमन्त्री
-
चितवन–२ मा उपनिर्वाचन लड्न एमालेले अझै भेटेन उम्मेदवार !
-
मन्त्री छान्न कांग्रेसले दियो देउवालाई जिम्मा