जापानको योकोसुका सिटी र भरतपुर महानगरबीच भगिनी सम्बन्धलाई निरन्तरता दिने सम्झौता
जापान । कानागावा प्रिफेक्चरको योकोसुका सिटी र भरतपुर महानगर पालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको ३ वर्षपछि त्यसलाई निरन्तरता दिनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा हस्ताक्षरका लागि जापान भ्रमणमा रहेकी भरतपुर महानगरपालिका नगर प्रमुख रेणु दाहाल र योकोसुका सिटीका मेयर कातासुकी कामाजीबीच भएको सम्झौतामा दुई नगरपालिकाले प्राविधिक ज्ञान, शिक्षा, सरसफाइ, बेरोजगारीको अन्त्यका लागि सहयोग आदानप्रदान गर्ने उल्लेख छ ।
'जनप्रतिनिधि र कर्मचारी स्तरमा अनुभव आदानप्रदानसहित आवश्यक अन्य सहयोग गर्नका लागि योकोसुका सिटीसँग छोटो मध्यम र लामो अवधिमा सहयोग आदानप्रदान हुने गरी सम्झौता भएको छ', भरतपुर महानगरपालिका नगर प्रमुख दाहालले भनिन्- 'यस खालका कार्यक्रमले दुई देशबीचमा रहेको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाई नगरको विकास र प्रणाली सुधारमा टेवा पुर्याउने छ ।'
जापान भ्रमणले यहाँका नागरिकमा रहेको अनुशासन र जिम्मेवारी बोध सेवा प्रदायकहरूमा रहेको सुशासन, सहज सेवा प्रवाह, कामप्रतिको लगनशीलता र जनताप्रतिको उत्तरदायित्वले निकै नै प्रभाव पारेकोले त्यो अनुभवलाई आफूले सक्दो अवलम्बन गर्ने नगर प्रमुख दाहालले बताइन् ।
योकोसुका सिटीको कार्य स्थलको अवलोकन समेत गरेकी नगर प्रमुख दाहालले प्रशासनिक काम गर्दा जापानले अवलम्बन गरेको कार्य स्थलको कर्मचारीको बसाइँले सेवाग्राहीलाई हुने गरेको सहजतासहितको पारदर्शिताबाट आफू प्रभावित भएकोले भरतपुरमा १ अरबको लगानीमा बन्न लागेको प्रशासनिक भवनमा केहि सुधार गर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्यो स्वीकृत सूची
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
-
'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण