जिदानलाई भित्र्याउने पीएसजीको तयारी
पेरिस । पेरिस सेन्ट जर्मेन च्याम्पियन्स लिगबाट बाहिरिएसँगै म्यानेजर क्रिस्टोफर गाल्टिएरको पद धरापमा परेको छ । फ्रेन्च क्लबले आगामी सिजन उनको स्थानमा नयाँ म्यानेजर भित्र्याउने तयारी गरेको स्पेनिस पत्रिका एल नासिनोलले जनाएको हो ।
पीएसजी जर्मन महारथी बायर्न म्युनिखसँग पराजित हुँदै प्रतियोगिताको अन्तिम १६ बाट नै बाहिरिएको थियो । समाचारका अनुसार पीएजसीले गाल्टिएरको स्थानमा रियल मड्रिडका पूर्व म्यानेजर जिनेदिन जिदानलाई भित्र्याउने तयारी गरेको छ । लिग वानमा सफल रहेको पीएजसी लामो समयदेखि युरोपियन उपाधिको खोजीमा रहेको छ । यसका लागि क्लबले ठुलो रकम खर्च गर्दै किलियन एम्बाप्पे, नेयमार, लियोनेल मेस्सी, सर्जियो रामोश, जियानलुइजी डोनारुम्मालाई भित्र्याएको छ । तैपनि क्लबले युरोपियन प्रतियोगिताहरूमा अपेक्षित प्रदर्शन गर्न सकिरहेको छैन ।
पीएसजीको सपना पुरा गर्न जिदान उपयुक्त पात्र हुन सक्ने बताइएको छ । सन् २०१६ मा रियलको नेतृत्व सम्हालेपछि उनी लगातार तीनवटा च्याम्यिन्स लिग उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका थिए । उनी सन् २०१७ मा फिफाद्वारा उत्कृष्ट पुरुष प्रशिक्षकसमेत घोषित भएका थिए । सन् २०२१ मा रियल छाडेपछि हालसम्म उनी कहीँ पनि आबद्ध भएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण