गाउँपालिका अध्यक्ष र हाकिमविरुद्ध जनप्रतिनिधिहरु नै धर्नामा

जनकपुरधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्र र प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवविरुद्ध जनप्रतिनिधिहरुले अनिश्चितकालीन धर्ना सुरु गरेका छन् ।
आफूहरूले लगाएको ताला फोडेर कार्यालयका सामग्रीहरू हिनामिना गरिएको आरोप लगाउँदै उनीहरुले मंगलबारदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका हुन् ।
आफूहरूले तालाबन्दी गरेको दुई दिन पश्चात गाउँपालिका अध्यक्ष मिश्रले सम्पूर्ण जनप्रतिनिधिलाई बोलाएर समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म कुनै समन्वय नगरेकाले बाध्य भएर धर्ना दिन सुरु गरेको वडा नम्बर–१ का वडाध्यक्ष दिलिप यादवले बताए ।
फागुन १४ गते प्रमुख प्रशासकीय अधिकृत र लेखाशाखाको कर्मचारीको कार्यकक्षमा वडाध्यक्षहरूले लगाएको ताला फोडेर कार्यालयका महत्त्वपूर्ण सामानहरू हिनामिना गरिएको उनको आरोप छ । प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले आफ्नो सरुवा भइसकेपछि पनि ताला फोडेर सामानहरू हिनामिना गरेको दाबीसमेत उनले गरे ।
गत आइतबार प्रमुख प्रशासकीय अधिकृत यादवले आफूहरूलाई कुनै जानकारी नै नदिई ताला फोडेको वडाध्यक्ष यादवको गुनासो छ । उनले गाउँपालिका अध्यक्ष मिश्र र प्रमुख प्रशासकीय अधिकृत यादवले सहमतिको वातावरण निर्माण नगरी उल्टै ताला फोडेर हैकमबादी प्रवृत्ति देखाएको आरोपसमेत लगाए ।
नेकपा एमालेबाट निर्वाचित वडा नम्बर–१ का वडाध्यक्ष दिलिप यादव, वडा नम्बर–२ का वडाध्यक्ष लालजी साह, ५ का वडाध्यक्ष दुखरण यादव, वडा नम्बर–६ का वडाध्यक्ष महाविर साह, वडा नम्बर–७ का वडाध्यक्ष गंगा साहलगायत ६ जना कार्यपालिका सदस्य र ८ जना वडा सदस्यसहित १९ जना जनप्रतिनिधि मंगलबारदेखि धर्नामा बसेका छन् ।
लक्ष्मीनियाँ गाउँपालिकामा करारका कर्मचारी हटाएर खुला प्रतिस्पर्धामार्फत दक्ष जनशक्ति भर्ना गरी नमुना गाउँपालिका बनाउने अभिप्रायले कार्यपालिका बैठकले निर्णय गरेको तर अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा आफ्नो नातागोता र खल्तीका मान्छेलाई नियुक्त गरेको आन्दोलित जनप्रतिनिधिको आरोप छ ।
आन्दोलित वडाध्यक्ष दिलिप यादवले सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत सबिर महतोलाई गाउँपालिका अध्यक्ष मिश्रले हाजिरसमेत हुन नदिएको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशमा दिइने अनुदान झण्डै ३ अर्बले घट्यो
-
राज्यले धोका दियो अब अनिश्चितकालिन विद्यालय बन्द गर्छौ : महासचिव योगी
-
भारतबाट तीन वटा परियोजनाका शिलान्यास हुने
-
विद्युतीय सवारीको कर नीति : ‘ब्याक गियर’मा सरकार
-
नक्कली भुटानी शरणार्थी प्रकरण : आज तीन प्रतिवादीको बयान लिइयो
-
नेपालको हितविपरीत कुनै सम्झौता नगर्न प्रधानमन्त्रीलाई नेकपा मालेको आग्रह