गठबन्धनमा सबै दलहरूमा गिभ एण्ड टेक हुन्छ : शेखर कोइराला
बुधबार, ०१ चैत २०७९, १५ : ०९
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान नेतृत्वको सरकार ढाल्ने खेलमा नलाग्ने बताएका छन्।
पार्टी कार्यालय सानेपामा बुधबार बसेको कार्यसम्पादन समितिको बैठकपछि उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढालेर बीचैमा आफ्नो नेतृत्वको सरकार बनाउने खेलमा कांग्रेस नलाग्ने बताए ।
विश्वासको मत लिएपछि मात्रै सरकारले पूर्णता पाउने कोइरालाको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत दिने तयारी छ । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवामा गठबन्धन सरकारमा भागबण्डा मिलाउन कला रहेको उनले बताए ।
‘गठबन्धनमा भागबण्डा मिलाउने कला हाम्रो सभापतिजीमा पनि छ। त्यही भएर अहिलेसम्म टिकिराख्नुभएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीजीमा पनि त्यो कला छ। कलाले गर्दा नै हुने न हो। सबै दलहरूमा गिभ एण्ड टेक हुन्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण