शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रीय विद्यापिठ बेलझुण्डीमा नेविसंघको तालाबन्दी

बुधबार, ०१ चैत २०७९, १७ : १४
बुधबार, ०१ चैत २०७९

दाङ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय विद्यापिठ बेलझुण्डीमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ । आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई प्रभावित पार्नका लागि विद्यापिठ प्रशासनले विविध गतिविधि गरेको आरोप लगाउँदै नेविसंघले तालाबन्दी गरेको हो ।

स्ववियू निर्वाचनलाई प्रभावित पार्नका लागि विद्यापिठ प्रशासनको मिलोमतोमा अमुक संगठनलाई भित्री समर्थन गरि तोकिएको समयमा निर्वाचन गर्न नदिने नियत देखिएकाले तालाबन्दी गरिएको नेविसंघका केन्द्रीय प्रतिनिधि राजेन्द्र दाहालले जानकारी दिए । स्ववियू निर्वाचनका लागि उम्मेदवार दर्ता प्रक्रियाको काम समेत सकिएकोले यथास्थितिबाट

निर्वाचनको काम थालनी गर्न नेविसंघले जारी गरेको विज्ञप्तिमा माग गरिएको छ । विज्ञप्तिमा  विद्यापिठ प्रशासन प्रमुखको राजीनामा समेत माग गरिएको छ ।

beljhundi-dang

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप