बालिका बलात्कार प्रयास गरेको अभियोगमा दुई जना पक्राउ
बुधबार, ०१ चैत २०७९, १९ : ०२
अछाम । अछाममा बालिका बलात्कारको प्रयास गरेको अभियोगमा प्रहरीले दुई जना अटो चालकलाई पक्राउ गरेको छ ।
जिल्लाको साँफेबगर नगरपालिकामा अटो चलाउँदै आएका दुई जनालाई बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
२८ फागुनमा बयालपाटा अस्पतालमा उपचार गर्न आएकी पञ्चदेवल विनायक नगरपालिकाकी १४ र १७ वर्षीया दुई दिदीबहिनीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका अटो चालकहरूलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?
-
नेपालमै पहिलोपटक ट्यावबाट लाइसेन्सको लिखित परीक्षा
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
-
अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण