‘परालको आगो’ का निर्देशक प्रताप सुब्बाको निधन
काठमाडौँ । नेपाली फिल्म ‘परालको आगो’ लगायत करिब दर्जन फिल्मका निर्देशक प्रताप सुब्बाको निधन भएको छ । सुब्बाको बिहीबार ७८ वर्षको उमेरमा भारतमा निधन भएको नृत्य निर्देशक कमल राईले बताए ।
‘सुब्बाको निधनले नेपाली फिल्म उद्योगले एकदमै राम्रो र ट्यालेन्ट मानिस गुमायो’ राईले थपे । सुब्बा लामो समयदेखि बिरामी रहेका थिए ।
बाँच्न चाहनेहरु, मसाल, कहीँ अँध्यारो कहीँ उज्यालो, दिदी, चट्याङ, भीष्म प्रतिज्ञा लगायतका फिल्म निर्देशन गरेका सुब्बाले बिसं २०३५ मा ‘परालको आगो’बाट निर्देशन थालेका थिए । उनी नेपाली मुलमा भारतीय निर्देशक समेत थिए ।
थुप्रै टेलिफिल्म समेत निर्देशन गरेका उनी फिल्म ‘चट्याङ’का पट्कथा लेखक पनि हुन् । उनले डायमण्ड एक्टिङ इन्स्टिच्युट, सिने युनिभर्स खोलेर थुप्रै प्राविधिक समेत जन्माएका छन् । सुब्बाको निधन प्रति कलाकर्मीले सामाजिक संजाल मार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण