फिल्म ‘जय हो’ निर्माण घोषणा
काठमाडौँ । फिल्म ‘जय हो’ निर्माण घोषणा गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको औपचारिक रूपमा घोषणा गरिएको हो ।
टेक पौरखी राईको निर्देशन रहने फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, नीशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी, दीपा शाक्य श्रेष्ठ, सुबि मगर, रोहित रुम्बा लगायतको अभिनय रहनेछ ।
द्धन्द्व सम्राट बस्नेत, कोरियोग्राफीमा कबिराज गहतराज र रामजी लमिछाने, सम्पादनमा बनिश शाह रहने फिल्मका निर्माता शोभित बस्नेत हुन्न भने निर्माण संयोज सुवास दुखी रहेका छन् ।
चैत्र ५ देखि फ्लोरमा जाने फिल्मको ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत छायांकन पोखरामा गरिनेछ । सुरेश न्यौपानेको कथा लेखन रहेको फिल्ममन शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।
कमेडी, एक्सन र लभस्टोरीको सम्मिश्रण रहने फिल्म आगामी भाद्र ८ अर्थात अगष्ट २५ मा रिलिज गरिने निर्माण टिमले जानकारी गराएको छ ।
सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुने फिल्मको निर्मातामा राज के अधिकारी र सुरज सरकार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण