तीन विकेट छिटो गएपनि खेलाडीमा जित्ने विश्वास थियो : कप्तान रोहित
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले आजको खेलमा सुरुवात मै तीन विकेट गएपनि खेलाडीहरूमा विश्वास भएको बताएका छन् ।
उनले आजको खेलले झनै टिममा एकता भएको र टिम बलियो बनेको बताए । रोहितले अब टिमको लक्ष्य विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप खेल्ने योजना रहेको बताए ।
‘आजको जितले धेरै खुसी दिलाएको छ । खेलाडीहरूमा मेरो पूर्ण विश्वास थियो । सुरुवातमा तीन विकेट गएपछि पनि उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न सफल भयौँ,’ रोहितले भने ।
रोहितले आजको खेलमा गुलशन, भीम र आसिफले नेपालको जितका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताए । मिडिल अडरमा आएर पनि खेल अन्त्यसम्म लिन उनीहरुले खेलेको भूमिका उत्कृष्ट भएको उनले बताए ।
‘मिडिल अडरमा आएर पनि खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे त्यसले आजको खेलमा नेपाललाई अन्तिमसम्म पुगाउन महत्त्वपूर्ण भूमिका रह्यो,’ रोहितले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण