काठमाडौँमा छैटौँ निफ सुरु, ३५ देशका ९५ फिल्म प्रदर्शन हुने
काठमाडौँ । छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को सुरुवात काठमाडौंस्थित सिभिल मलबाट भएको छ । ‘विश्वभरिका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नाराकासाथ सुरु भएको ‘निफ’ को बिहीबार एक कार्यक्रमका बीच औपचारिक सुरुवात गरिएको थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, नेपालका लागि चाइनाका राजदूत छन् सोङ, वरिष्ठ अभिनेत्री वसुन्धरा भुषाल, निफका संयोजक यादव भट्टराई, निफका अध्यक्ष केपी पाठकले कार्यक्रममानिफको महत्त्वमाथि प्रकाश पारेका थिए ।
३५ देशका ९५ चलचित्र प्रदर्शन हुने महोत्सव ६ गतेसम्म चल्ने छ । महोत्सवमा प्रदर्शन हुने चलचित्र क्युएफएक्सको ४ हल सिभिलमल, छायाँ सेन्टर, पुलचोकको लबिङ मल र भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलबाट हुनेछन् । अन्य सेसन भने भृकुटीमण्डप स्थित पर्यटन बोर्डमा हुनेछन् ।
निफको ‘ओपनिङ फिल्म’को रुपमा केरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन भएको थियो ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण