‘पशुपति प्रसाद २ : भष्मे डन’ को छायांकन सुरु
शुक्रबार, ०३ चैत २०७९, १० : ३०
काठमाडौँ । फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को छायांकन सुरु भएको छ । शुक्रबार पशुपति क्षेत्रमा फिल्मको शुभमुर्हूत गर्दै फिल्मको छायांकन सुरु भएको हो । फिल्मका निर्देशक दीपेन्द्र के खनाल हुन् । ४० दिनको सेडुल सहित फिल्मको छायांकन सुरु गरिएको निर्देशक दीपेन्द्र के खनालले बताए । उनले फिल्म पशुपति वरपरका स्थानमै छायांकन हुने जानकारी दिए ।
विपिन कार्की, स्वस्तिमा खड्का र सौगात मल्ल लगायतको मुख्य भुमिका रहने फिल्मको रिलिज आउँदो वर्षको दसैँ बताइएको छ ।
खगेन्द्र लामिछाने र निर्देशक खनाल निर्माता रहेको फिल्मको कथा ‘पशुपति प्रसाद’ जहाँ अन्त्य भएको थियो, त्यहीँबाट सुरु हुने बताइएको छ । फिल्ममा ‘पशुपति प्रसाद’मा हनुमानको क्यारेक्टर निभाएका कलाकार रवीन्द्र सिंह बानियाँको पनि मुख्य भूमिका रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण