शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङ दरबारको पुनर्निर्माण गरिँदै

शुक्रबार, ०३ चैत २०७९, १० : ५१
शुक्रबार, ०३ चैत २०७९

लमजुङ । शाहवंशीय राजाहरूको उद्गमस्थलको रूपमा परिचित लमजुङ दरबारको पुनर्निर्माण धमाधम भइरहेको छ । पुरातात्त्विक विभागले जीर्ण अवस्थामा रहेको लमजुङ दरबारको पुनर्निर्माण कार्य २ वर्षमा सक्ने लक्ष्यका साथ निर्माण कार्य सुरु गरेको हो ।  

०७९ माघ २० गते कालीका मन्दिरमा क्षमा पूजा गरी दरबार भत्काइएको कालीका मन्दिरका पुजारी सोमराज बरालले बताए । उनका अनुसार मन्दिरमा रहेका महेश्वर, विष्णु, ब्रह्म, महाकाली, महासरस्वती र महालक्ष्मी लगायतका देवी देवताको मूर्ति नयाँ भवनमा क्षमा पूजा गरी सारिएको छ ।

दरबारको पुनर्निर्माण कार्य गरिदा पुरानै स्वरूपमा इँटा, ढुङ्गा, काठ, तामाको प्रयोग हुने बताइएको छ । दरबारको छाना तामाको हुनेछ ।

२०७२ सालको भूकम्पले चर्केको लमजुङ दरबारमा २ पटक चट्याङले थप जीर्ण अवस्था पुगेको थियो । पानी चुहिने अवस्थामा जीर्ण रहेको दरबारको पुननिमार्णका लागी पुरातात्त्विक विभागका डा जगमान गुरुङको टोलीले गत वर्ष अवलोकन समेत गरेका थिए ।

२ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ पुरानै स्वरूपमा निमार्ण गरिने दरबारको लागी यस वर्ष एक करोड १४ लाख रुपैयाँको लागतमा एस के कन्स्ट्रक्सन भक्तपुरले दरबारको निमार्ण कार्य सुरु गरेको हो।  १५५० सालमा यशोब्रह शाहको पालामा निमार्ण गरिएको लमजुङ दरबार १८२० मा पुनर्निर्माण गरिएको  थियो । 

त्यसपश्चात् १९९० को भूकम्प पश्चात् १०९२ मा जीर्णोद्धार गरिएको थियो ।’लमजुङ दरबार २०४६ सालमा पुनर्निर्माण गरिएको हो । शाहवंशको सुरुवात लमजुङका यशोव्रह्म शाहको पालाबाट भएको मानिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप