किर्ते कागजात बनाउने कारखानामा छापा मार्दा यस्तो भेटियो, तस्बिरहरू
सारांश
- काठमाडौंको तारकेश्वर नगरपालिकामा किर्ते कागजात बनाउने कारखाना फेला परेको छ।
- प्रहरीले छापा मारेर नक्कली कागजात बनाउने अञ्जनी बयलकोटी, निर्मल खड्का र अञ्जु खत्रीलाई पक्राउ गरेको छ।
- उनीहरूले सरकारी, गैरसरकारी कार्यालयका कागजात, शैक्षिक प्रमाणपत्रलगायत नक्कली बनाउने गरेको खुलेको छ।
- पक्राउ परेका व्यक्तिहरूले डिपेन्डेन्ट भिसाका लागि नक्कली विवाह दर्ता प्रमाणपत्र समेत बनाएका थिए।
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा रहेको किर्ते कागजात बनाउने कारखानामा नेपाल प्रहरीले छापा मारेको छ ।
तारकेश्वर नगरपालिका-७ स्थित फुटुङमा विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र आदि किर्ते गरी नक्कली बनाउने गरेको कारखानामा प्रहरीले बुधबार छापा मारेको हो ।
यसबारे प्रहरीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रहरीले कीर्ते कागजात बनाउनेलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा भीमसेन थापा गाउँपालिका-१ का अञ्जनी बयलकोटी, ओखलढुंगा चम्पादेवी गाउँपालिका-७ का निर्मल खड्का, मकवानपुर कैलान गाउँपालिका-२ की अञ्जु खत्री रहेका छन् ।
उनीहरूले विगत ८ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात, स्थानीय तहको सिफारिस, शैक्षिक संस्थाको प्रमाणपत्र, जग्गाधनी पुर्जा, सवारी चालक अनुमति पत्रलगायत कागजात किर्ते गरी नक्कल बनाइ प्रयोग तथा प्रचलनमा ल्याउने गरेको खुलेको प्रहरीले जनाएको छ ।
उनीहरूले डिपेन्डेन्ट भिसाका लागि नक्कली विवाह दर्ता प्रमाणपत्रसमेत बनाउने गरेको पाइएको छ।
_8xptZa1XhK.jpg)
_826cixxfIk.jpg)
_YF08BiyRCG.jpg)
_FegBQq8JMu.jpg)
_oOWcfQUOxR.jpg)
_PO7zokfTpK.jpg)
_cjnkOWetVG.jpg)
_tz6ySq3ifY.jpg)
_OVj4EjkmSm.jpg)
_htmYdeB5U1.jpg)
_ut0yjJmhnX.jpg)
_fstEQ5kZax.jpg)
_87eaqXejdM.jpg)
_LvAjbaHue1.jpg)
_zVYUn2vXdt.jpg)
_7aO1nuZvDz.jpg)
_aoBXDIeyzr.jpg)
_PUcUVctL2U.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण