फिल्म ‘हुक्का’ को रिलिज जेठमा
काठमाडौँ । फिल्म ‘हुक्का : एन एब्सर्ड ड्रिम’ नयाँ वर्षको जेठ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले शुक्रबार फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति बाहिर ल्याएको हो । स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँगको सहकार्यमा निर्माण गरेको फिल्म शम्भु थापाले निर्देशन गरेका हुन् । फिल्ममा प्रमिला खनाल, प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विक लगायतको अभिनय छ ।
फिल्ममा प्रयत्न श्रेष्ठ संगीत, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन छ । रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् । फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछन् । फिल्म सस्पेन्स बिषयमा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण