बारा–२ को निर्वाचन क्षेत्र खाली : उपेन्द्रलाई संसद् प्रवेशको बाटो खुला

काठमाडौँ । बारा – २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई संसद् प्रवेशको बाटो खुलेको छ ।
जसपा अध्यक्ष यादव गत मंसिर ४ मा भएको निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका थिए ।
राउतले ३५ हजार ४२ मत ल्याएर विजयी हुँदा यादवले १६ हजार ९७९ मतमात्रै पाएका थिए । अब उनी बारा २ सत्ता गठबन्धनको उम्मेदवार बन्ने सम्भावना प्रबल छ ।
जसपा अध्यक्ष यादवलाई कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन रहने पक्का जस्तै छ । गत चुनावमा जसपाका रामसहाय रा १३ हजार ८२२ मत ल्याएर विजयी हुँदा माओवादीका कुशवाहाले १३ हजार ४६८ मत ल्याएका थिए । रामसहाय उपराष्ट्रपति पनि निर्वाचित भएपछि बारा– २ को निर्वाचन क्षेत्र खाली भएको छ ।
संविधानको धारा ६७ को उपधारा ३ मा ‘निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको कुनै व्यक्ति उपराष्ट्रपतिको पदमा निर्वाचित भएमा निजको त्यस्तो पदस्वतः रिक्त हुनेछ’ भन्ने उल्लेख छ । यसअघि रामचन्द्र पौडेल राष्ट्रपति भएपछि तनहुँको निर्वाचन क्षेत्र नम्बर १ पनि खाली भएको थियो । यस्तै चितवन क्षेत्र नम्बर २ पनि खाली छ ।
चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका थिए । तर नागरिकता प्रकरणमा दोषी ठहरिएपछि उनको पद खारेज भएको थियो ।
सांसद पद रिक्त भएका निर्वाचन क्षेत्रमा एकै चरणमा निर्वाचन गर्ने निर्वाचन आयोगको तयारी छ । चितवन – २ मा आगामी वैशाख १० गतेका लागि निर्वाचनको मिति घोषणा गरिएको छ । तनहुँ–१ र बारा– २ को निर्वाचन वैशाख १० मै हुने वा चितवन–२ को निर्वाचन पछाडि सारिन्छ आयोगले प्रस्ट पारेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् लाङटाङ ट्रेल रन
-
दुई सय वर्षअघि पनि प्रयोगमा आउँथ्यो कन्डम, राखियो प्रदर्शनीमा
-
नेपालगञ्जमा धुमधामले मनायो बकर इद
-
काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
-
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा
-
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव