मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

प्रधानमन्त्री प्रचण्डको ‘मिति’ को प्रतीक्षामा भारत

शनिबार, ०४ चैत २०७९, २३ : ०७
शनिबार, ०४ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो औपचारिक भ्रमणमा भारत जाने तय भए पनि हालसम्म भ्रमणको मिति भने टुंगो लाग्न सकेको छैन । प्रधानमन्त्री प्रचण्डले भारतको भ्रमण चाँडै गर्ने भनेर खबर पठाए पनि मिति भने फाइनल गरेका छैनन् । प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्ने तयारी थालिसकेको भारत अहिले सोही मितिको पर्खाइमा रहेको छ ।

नेपालस्थित भारतीय दूतावासका एक अधिकारले भने, ‘प्रधानमन्त्री प्रचण्डले भारतको भ्रमण गर्ने खबर पठाएसँगै हामीले तयारी थालिसकेका छौँ अब मिति कहिले तोक्नुहुन्छ, त्यसैको प्रतीक्षामा छौँ ।’ बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले संसद्मा विश्वासको मत लिनुका साथै प्रदेशमा सरकारको समीकरण मिलाएर मात्र भारतको भ्रमणमा जाने खबर पठाएका छन् ।

राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव सकिएको छ । चैत ६ गते प्रधानमन्त्री प्रचण्डले संसद्मा विश्वासको मत लिनेछन् । विश्वासको मत लिइसकेपछि केन्द्रमा सरकार विस्तार गर्नुका साथै प्रदेशहरूमा सत्ता समीकरण मिलाउने प्रचण्डको योजना रहेको छ ।

त्यसअघि भ्रमणका लागि सबै तयारी पुरा गर्ने काम अगाडि बढेको छ । भ्रमणबारे परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले यसबारे होमवर्क गरिरहेको छ । ‘यसपटकको भारत भ्रमणमा कुनै नयाँ एजेण्डा तथा विषयमा छलफल हुने छैन,’ दूतावासको ती अधिकारीले भने, ‘केही जल विद्युत् आयोजनाहरूको सम्झौतामा भने हस्ताक्षर हुनसक्छ । त्यसको बारेमा अध्ययन भइरहेको छ ।’ कृषि, शिक्षा, स्वास्थ्यलगायतको विषयमा छलफल हुने बताउँदै ती अधिकारीले नयाँ र खास महत्त्वको कुनै सम्झौता नहुने बताए ।

अप्रिलको दोस्रो अथवा तेस्रो हप्तामा भारत भ्रमण हुनसक्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्डका निजी सचिवालयका एक सदस्यका अनुसार यहाँ केही राजनीतिक इस्यू ‘सेटल’ गरेर मात्र भारत भ्रमण हुनेछ । विश्वासको मत लिइसकेपछि भ्रमणमा जाने एउटा वातावरण बन्ने र त्यसपछि मिति तय हुने ती सदस्यले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप