राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ । शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । बैठकले पार्टीको संसदीय दलको विधान पनि टुंग्याएको छ । बैठकले कृषि मलमा कटौति गरेको अनुदानका विरुद्धमा सरकारलाई ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ । बैकठपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बैठकले संसदीय दलको विधान पारित गरेको र विधान अनुसार संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई मनोनयन गरेको जानकारी दिए ।
उनले भने, ‘बैठकले संसदीय दलको विधान पारित गरेको छ । विधान बमोजिम संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई मनोनयन गरेको छ । आजको बैठकमा संसदमा कसरी पेस हुने विषय र विभिन्न विधेयकको विषयमा व्यापक रुपले छलफल गरेको छौँ । संसदीय अभ्यासका बारेमा प्रदेश र संघका सांसदहरुलाई उपस्थित हुन संसदीय अनुशिक्षणका दिने निर्णय गरेका छौँ ।’
अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकमा फरक मत राख्ने बताए । उनले यो विधेयक एक पक्षीय रहेको बिद्रोही पक्षको लागि मात्रै भएको आरोप लगाए । उनले द्वन्द्वको अर्को पक्षको बारेमा सम्बोधन नभएकाले राप्रपाले यो विधेयकमा संसदमा आफ्नो धारणा राख्ने पनि बताए । उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक सम्बन्धी फरक मत राख्नेछ । यो विधेयक एक पक्षीय छ । खासगरी बिद्रोही पक्षको लागि मात्रै छ । द्वन्द्वको अर्को पक्ष र तेस्रो पक्ष आम पीडित जनाको पक्षमा सम्बोधन छैन । यसमा हामी संसदमा व्यापक छलफल गर्नेछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण