‘मिस लिम्बू’का प्रतियोगीले देखाए प्रतिभा
काठमाडौँ । ‘मिस लिम्बू–२०७९’ का प्रतियोगीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । प्रतियोगितामा सहभागी १८ प्रतिस्पर्धीले ‘ट्यालेन्ट’ राउन्ड अन्तर्गत शनिवार आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् ।
याक्थुङ युथ एसोसिएसन (वाईवाईए)द्वारा आयोजित ‘मिस लिम्बू’को यस संस्करणमा नेपाल लगायत भारतको सिक्किमबाट समेत प्रतिनिधित्व रहेको छ । प्रतिभा प्रस्तुत गर्ने क्रममा प्रतियोगीहले नृत्य, गायन, अभिनय, प्रहसन लगायतका कला प्रस्तुत गरेका थिए ।
ट्यालेन्ट शोका लागि पूर्व मिस लिम्बू सानु नेम्बाङ, पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ, गायिका तथा अभिनेत्री विष्णु चेम्जोङ, लिम्बू विद्यार्थी संघका अध्यक्ष दीपा लक्सम, छमछमी सिजन–२ का विजेता सरोज प्रजा, एपी वान टेलिभिजनका मार्केटिङ अफिसर रोशन सुबेदी र किरात थाक्थुङ चुम्लुङ सांस्कृतिक परिषदका अध्यक्ष गोविन्द आङबुङ निर्णायक रहेका थिए ।
‘मिस लिम्बू’को यस संस्करणमा अनिला तुम्बापो लिम्बू, अंशु पारघरी लिम्बू,अस्मिता मादेन, विपिका सेलिङ लिम्बू, ज्वाला कुरुम्बाङ, काजल सेलिङ लिम्बू, कृतिका चोङबाङ, ममता आङ्बो, मुन नाल्बो लिम्बू, मुना चेम्जोङ, निरु खापुङ, नीता लिम्बू, फुङनिमा योङहाङ, रेनुका तुम्सा, रोजा मादेन, साम्माङ थाम्सुहाङ, सुषमा इम्सोङ र भिनुमा पहिम प्रतिस्पर्धा रहेका छन् ।
ट्यालेन्ट राउन्डको नतिजा फाइनलको दिन घोषणा गरिने आयोजक संस्थाका अध्यक्ष भीम लिम्बूले बताए । प्रतियोगिताको अन्तिम स्पर्धा चैत ११ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण