दर्शकको प्रतिक्रिया बुझ्न दीपक दीपा पुगे बनेपाको शुभकामना हल
काठमाडौँ । दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा ४’ ले प्रदर्शनको तेस्रो सातामा पनि राम्रो व्यवसाय गरिरहेको छ । फिल्मको व्यवसाय राम्रो भएपछि निर्माण युनिट अहिले फिल्म प्रदर्शनरत हल हलमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेको छ ।
यस्तैमा शनिबार फिल्म युनिटले बनेपाको शुभकामना हलमा पुगेर दर्शकको प्रतिक्रिया लिएको छ । कलाकार निर्माता दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा ‘गौडा’, राज आचार्य लगायत युनिटमा सहभागी रहेका थिए । हलमा फिल्म युनिटले दर्शकसँग सेल्फि खिच्दै अटोग्राफ समेत दिएको शुभकामना हलका मालिक दुर्गालाल प्रधानले बताए ।
‘कलाकारलाई आफ्नो अगाडि देख्दा फिल्म हेर्ने दर्शक निकै खुसी देखिए’ श्रेष्ठले भने ‘कलाकार हलमा आएपनि दर्शक झन् बढ्दो रहेछ ।’ फिल्मले आफ्नो हलमा सुरुका दिन देखिनै राम्रो व्यवसाय गरिरहेको श्रेष्ठको भनाई छ ।
फिल्मको विषयमा दर्शकको प्रतिक्रिया बुझ्न र दर्शक भेट्न आफूहरू हल हल धाइरहेको निर्माता कलाकार निर्मल शर्मा ‘गैडा’ले बताए । ‘हामीहरु फिल्म सुरु हुने र छुट्ने समयमा दर्शक भेट्न उपत्यका र बनेको हलमा पुगिरहेका छौ’ शर्माले भने ‘३, ४ पटकसम्म फिल्म हेरे भन्ने दर्शक पनि भेटियो । त्यो देख्दा निकै खुसी लाग्दो रहेछ ।’ उपत्यकाको हल भ्रमण सकाएर अहिले उपत्यका बाहिर भ्रमणको योजनामा आफूहरू रहेको उनले सुनाए ।
हेमराज बिसीको निर्देशन रहेको फिल्ममा दीपकराज गिरी, बेनिशा हमाल, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुश्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ । फिल्मले अहिलेसम्म दश करोड बढी व्यवसाय गरिसकेको बताइन्छ ।
फिल्मको कथा दीपकराज गिरीले आफैले तयार पारेका हुन् । नरेन्द्र मैनालीले छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ । आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुतिमा निर्माण भएको फिल्मले राजनीतिक विषय कथाको रुपमा उठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण