दर्शकको प्रतिक्रिया बुझ्न दीपक दीपा पुगे बनेपाको शुभकामना हल

काठमाडौँ । दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा ४’ ले प्रदर्शनको तेस्रो सातामा पनि राम्रो व्यवसाय गरिरहेको छ । फिल्मको व्यवसाय राम्रो भएपछि निर्माण युनिट अहिले फिल्म प्रदर्शनरत हल हलमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेको छ ।
यस्तैमा शनिबार फिल्म युनिटले बनेपाको शुभकामना हलमा पुगेर दर्शकको प्रतिक्रिया लिएको छ । कलाकार निर्माता दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा ‘गौडा’, राज आचार्य लगायत युनिटमा सहभागी रहेका थिए । हलमा फिल्म युनिटले दर्शकसँग सेल्फि खिच्दै अटोग्राफ समेत दिएको शुभकामना हलका मालिक दुर्गालाल प्रधानले बताए ।
‘कलाकारलाई आफ्नो अगाडि देख्दा फिल्म हेर्ने दर्शक निकै खुसी देखिए’ श्रेष्ठले भने ‘कलाकार हलमा आएपनि दर्शक झन् बढ्दो रहेछ ।’ फिल्मले आफ्नो हलमा सुरुका दिन देखिनै राम्रो व्यवसाय गरिरहेको श्रेष्ठको भनाई छ ।
फिल्मको विषयमा दर्शकको प्रतिक्रिया बुझ्न र दर्शक भेट्न आफूहरू हल हल धाइरहेको निर्माता कलाकार निर्मल शर्मा ‘गैडा’ले बताए । ‘हामीहरु फिल्म सुरु हुने र छुट्ने समयमा दर्शक भेट्न उपत्यका र बनेको हलमा पुगिरहेका छौ’ शर्माले भने ‘३, ४ पटकसम्म फिल्म हेरे भन्ने दर्शक पनि भेटियो । त्यो देख्दा निकै खुसी लाग्दो रहेछ ।’ उपत्यकाको हल भ्रमण सकाएर अहिले उपत्यका बाहिर भ्रमणको योजनामा आफूहरू रहेको उनले सुनाए ।
हेमराज बिसीको निर्देशन रहेको फिल्ममा दीपकराज गिरी, बेनिशा हमाल, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुश्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ । फिल्मले अहिलेसम्म दश करोड बढी व्यवसाय गरिसकेको बताइन्छ ।
फिल्मको कथा दीपकराज गिरीले आफैले तयार पारेका हुन् । नरेन्द्र मैनालीले छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ । आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुतिमा निर्माण भएको फिल्मले राजनीतिक विषय कथाको रुपमा उठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थ्री नेसन्स प्रधानमन्त्री कप : लाओस्बीविरुद्ध नेपालको अग्रता
-
सीजी मोटर्स नेटा भी एक्सचेञ्ज क्याम्प प्रारम्भ
-
होटल पौवाले पोखरमा खोलेको ११औं शाखाले सुरु गर्यो सेवा
-
प्रचण्डविरुद्ध नाराबाजी गर्नेलाई ५ दिन थुनामा राख्न अनुमति
-
नेपाल र लाओसबीचको खेल सुरु
-
वैशाख १ गतेदेखि अनौपचारिक श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराइने