शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीको हरैया बहुमुखी क्याम्पसमा संयुक्त प्यानलबाट शर्मा सभापतिमा निर्वाचित

आइतबार, ०५ चैत २०७९, २२ : २५
आइतबार, ०५ चैत २०७९

रुपन्देहीको हरैया बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा संयुक्त प्यानलबाट अनेरास्ववियुका प्रदीप शर्मा सभापतिमा निर्वाचित भएका छन् । निर्वाचनमा अनेरास्ववियु, जनमत विद्यार्थी संघ, लोकतान्त्रिक विद्यार्थी संघको संयुक्त प्यानलबाट २२२ मत प्राप्त गरी शर्मा निर्वाचि भएका हुन् । शर्माका निकटतम प्रतिद्वन्द्वी नेविसंघका सुनील रानाले १९९ मत प्राप्त गरेका छन् । सचिवमा संयुक्त प्यानलकै अनिलकुमार गुप्ता विजयी भएका छन् ।

गुप्ताले २२० मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी नेविसंघका रुपेशुकमार यादवले १९९ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा  संयुक्त प्यानलबाटै जीवनकुमार धवल विजयी भएका छन् । उनले २२१ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेविसंघकी रेखा प्रजापतिले २०८ मत प्राप्त गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप