बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर

सोमबार, ०६ चैत २०७९, ०७ : ४४
सोमबार, ०६ चैत २०७९

चितवन । जिल्लाको दुई पालिकामा एक सय ३९  अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर  छन् । समावेशी शिक्षा परियोजनाले आइतबार यहाँ आयोजना गरेको सञ्चारकर्मीसँग छलफलका क्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
 
भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा रहेका दुई सय ८९  अपाङ्ग बालबालिकामध्ये एक सय ३९  विद्यालय जान नपाएका हुन् । भरतपुरमा अपाङ्गता भएका बालबालिका एक सय दुई र कालिकामा ३७ विद्यालय बाहिर छन् ।
 
भरतपुरभित्र ५० र कालिकामा १९ बालबालिका जटिल प्रकारको अपाङ्गता भएको पाइएको कार्यक्रममा राष्ट्रिय बहिरा महासङ्घकी शर्मिला तामाङले जानकारी दिनुभयो । उनीहरुलाई घरमा नै गएर सेवा दिइँदै आएको उहाँले बताउनुभयो ।
 
इन क्लुसिभ फिउर्चस परियोजनाले दुई पालिकामा दुईवटा स्रोत केन्द्र सञ्चालन गर्दै आएको छ । भरतपुरको बालकुमारी माध्यमिक विद्यालय र कालिकाको रेडक्रस चोकमा केन्द्र सञ्चालन गर्दै आएको छ । भरतपुरमा अहिले तीन  र कालिकामा नौ  बालबालिका केन्द्रमा छन् ।
 
अटिजम केयर चितवन सोसाइटीकी प्रमिला न्यौपानले जिल्लामा अटिजम भएका पाँच सयभन्दा बढी बालबालिकाको अभिभावक सम्पर्कमा आएको जानकारी दिनुभयो । उनीहरुमध्ये तीन सय हाराहारी भरतपुरभित्रका  छन् । विश्वमा जन्मने ४४  बालबालिकामध्ये एक जनामा अटिजमको समस्या देखिने गरेको उहाँले जानकारी दिनुभयो । भरतपुरले सञ्चालन गरेको अटिजम विद्यालयमा अहिले ३१  बालबालिका अध्ययन गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप