सकियो चलचित्र विकास बोर्डको कार्यशाला
काठमाडौँ । चलचित्र विकास बोर्डले भारतीय फिल्ममेकर अनुपम बर्वेको साथमा आयोजना गरेको तीन दिने चलचित्रको पटकथा लेखन र निर्देशन कार्यशाला आइतबार साँझ सकिएको छ । सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै कार्यशाला समापन गरिएको हो । चैत्र ३ देखि ५ सम्म सञ्चालित कार्यशालामा ४८ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । पामे फिल्म फेस्टिभलले कार्यशाला व्यवस्थापन गरेको थियो ।
कार्यक्रममा बर्वेले आफुले नेपालमा केहि अनुभवि तथा केहि नयाँ फिल्ममेकरहरूसँग तीन दिन बिताउन पाएकोमा खुशी व्यक्त गरे । ‘मैले भिन्न वातावरणमा फरक अनुभूति गरेको छु । मलाई नेपाल बोलाएर यस कार्यशालाको प्रशिक्षक बन्ने मौका दिएकोमा म चलचित्र विकास बोर्डलाई धन्यवाद दिन चाहन्छु’ उनले भने ।
प्रशिक्षार्थीको रुपमा सहभागि नेपाली चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजाले यो कार्यशालामा भाग लिन निकै उत्साह जागेर तीन दिनसम्म लगातार बसेको बताए । ‘हामी फिल्म मेकरहरूले कहिल्यै पनि सिक्ने अवसरलाई छोड्नु हुँदैन । म अन्य सहभागीहरु भन्दा सिनियर भएतापनि मैले सँगै बसेर सिक्न कुनै अप्ठेरो महशुस गरिन’ देउजाले भने ।
बोर्ड अध्यक्ष भुवन केसीले सफल चलचित्र निर्माणमा संलग्न हुन पटकथा लेखन तथा निर्देशनमा गहिरो ज्ञान हुनु आवश्यक रहेकोले सोहि उद्देश्यसहित यो कार्यशालाको आयोजना गरिएको बताए । ‘हामी विश्वास गर्छौं कि यस कार्यशालाबाट प्राप्त अन्तरदृष्टि र ज्ञानले महत्वाकांक्षी फिल्ममेकरहरूलाई मनोरञ्जन मात्र होइन, विचार–उत्तेजक र सामाजिक रूपमा सान्दर्भिक फिल्महरू सिर्जना गर्न सक्षम रहन मद्दत पुगेको छ’ केसीले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण