स्थापना दिवसमा रमेश कर्पोरेशनले गर्यो बालमन्दीरलाई सहयोग

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो कर्पोरेट समूह मध्ये एक रमेश कर्पोरेशनले आफ्नो तेस्रो संस्थापक दिवस कार्यक्रमको साथ अनाथालयमा मनाएको छ । कर्पोरेशनले काठमाडौंको नक्सालस्थित बालमन्दिर अनाथालयमा कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो ।
समाजको लागि पुनः योगदानमा बलियो दृष्टिकोण राख्ने रमेश कर्पोरेशनका संस्थापक रमेश गुप्ताको सम्झनामा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा, रमेश कर्प का सदस्यहरुले अनाथालयमा विभिन्न रमाइला गतिविधिहरुको आयोजना गरी बालबालिकासँग समय बिताउनुका साथै खाना र स्टेशनरी जस्ता आवश्यक वस्तुहरू वितरण गरेका थिए ।
रमेश कर्पोरेशनका सदस्यहरुले अनाथ आश्रममा भेला भई बालबालिकाहरुबीच चित्रकला प्रतियोगिता लगायत विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरु सञ्चालन गरेका थिए । बालबालिकाको मुहारमा खुसी, मुस्कान ल्याउन र उनीहरुको जीवनमा प्रभाव पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । यस उत्कृष्ट कार्यको लागि कृतज्ञताका साथ सदस्यहरुले बालबालिकालाई एक महिनाको खाना र अन्य अत्यावश्यक खाद्यान्न पनि प्रदान गरेका थिए ।
कार्यक्रमको बारेमा बोल्दै, रमेश कर्पोरेशनका उपाध्यक्ष सुशील गुप्ताले भने ‘आज रमेश कर्पोरेशनको तेस्रो संस्थापक दिवस र यो दिन हाम्रो लागि विशेष छ किनकी हामीले हाम्रा संस्थापक स्वर्गीय श्री रमेश गुप्ता र उहाँको दर्शनलाई सम्झने र यस्ता कार्यहरू मार्फत समुदायमा पुनः योगदान गर्ने अवसर पाईरहेका छौं ।’
यस्तै, कर्पोरेशनका उपाध्यक्ष रोहित गुप्ताले थपे, ‘हाम्रो संस्थापक दिवस विशेष अवसर हो किनभने हामीले हाम्रा संस्थापक रमेश गुप्ताको मूल्यमान्यता र दृष्टिकोणलाई सम्झन्छौं । हामी समाजको लागि पुनः योगदानमा विश्वास गर्छौं, र त्यो लक्ष्य हासिल गर्नको लागि यो कार्यक्रम एउटा सानो कदम मात्र हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि