आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा करिब ८ लाख बराबरको अवैध कपडा बरामद

सोमबार, ०६ चैत २०७९, १८ : १७
सोमबार, ०६ चैत २०७९

रौतहट । रौतहट प्रहरीले करिब ८ लाख मूल्य बराबरको अवैध कपडा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको गस्तितोलीले सोमबार उक्त कपडा बरामद गरेको हो ।

भारतबाट भन्सार छली ल्याउँदै गरेको लेडीज, टप्स र विभिन्न साइजका सेरबानी गरी ७ लाख ९७ हजार तिन सय बराबरको लत्ता कपडा बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद कपडा आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको  इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप