मितेरीपुलमा नेपाल र चीनका अधिकारीबीच सीमा सुरक्षा बैठक
मङ्गलबार, ०७ चैत २०७९, १७ : २८
काठमाडौँ । सिन्धुपाल्चोकस्थित तातोपानीको मितेरी पुलमा नेपाल र चिनियाँ सुरक्षा अधिकारीबीच बैठक सम्पन्न भएको छ । सोमबार भएको बैठकमा दुई देशबीचको सीमा नाकालाई अझ सुरक्षित बनाउने, आपराधिक गतिविधि रोकथाम तथा अवैध चोरी निकासीलाई निरुत्साहित पार्ने लगायत विषयमा छलफल भएको थियो । आउँदा दिनहरूमा समेत आपसी समन्वय र सद्भावलाई निरन्तरता दिने विषयमा छलफल भएको बैठकमा सहभागी सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी बाल नरसिंह राणाले बताए ।
नेपाल र चीनका दुवै सुरक्षा अधिकारीले सीमामार्फत हुने तस्करी नियन्त्रणका सम्बन्धमा समन्वयात्मक भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । बैठकमा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, अध्यागमन अधिकृत, भन्सारका प्रमुख र चीनको तर्फबाट न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमनलगायत अधिकारीहरू संलग्न थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण