बालविवाह मुक्त वडा घोषणा गर्ने अभियानमा जुम्लाको पातारासी गाउँपालिका
जुम्ला । जुम्लाको पातारासी गाउँपालिका बालविवाह मुक्त वडा घोषणा गर्ने अभियानमा जुटेको छ। पहिले अशिक्षाका कारण बालविवाह भए पनि अहिले प्रविधिको दुरुपयोगले बुझ पचाएरै विवाह भएको भन्दै परामर्श, छलफल तथा दण्डित गरेर भए पनि वडामा बालविवाह रोक्ने अभियान चलाएको पातारासी गाउँपालिका-५ का वडा अध्यक्ष दत्तबहादुर बुढाले बताए।
वडा अध्यक्ष बुढाले भने -'अहिले हामीले बालविवाह अपराध हो भन्ने बुझिसकेका छौ। बालविवाह गर्नेलाई वडाको सार्वजनिक सेवाबाट वञ्चित गर्नेदेखि विवाह नै बहिस्कार गर्ने संस्कारको विकास भएको छ।'
पातारासी गाउँपालिका-५ वडा आयोजना, गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको समन्वय तथा वल्डभिजन इन्टरनेश्नल नेपाल, किर्डाक नेपाल जुम्लाको साझेदारीमा यहीँ चैत १५ गते-५ नम्बर वडालाई बालविवाह मुक्त वडा घोषणा गर्ने तयारी गरिएको पातारासी गाउँपालिकाअन्तर्गतको महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले बताइन्।
मंगलबार जिल्ला समन्वय समितिका सदस्य धनसुर बुढा, वडा अध्यक्ष दत्तबहादुर बुढा, पातारासी गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरी, डिल्लीचौर प्रहरी चौकीका इन्चार्ज बुद्धि साउद, स्वास्थ्यकर्मी र पत्रकार लगायतको टोलीले अनुगमन गरेको हो। अनुगमनको क्रममा ९५ प्रतिशत बालविवाह वडामा नभएको पाइएको अनुगमन टोलीले निष्कर्ष निकालेको छ।
पातारासी गाउँपालिका भरि ७ वडा छन्। अन्य वडा क्रमिक रूपमा बालविवाह मुक्त वडा घोषणा गरिने गिरीको भनाइ छ। जुम्लाका ८ वटै स्थानीय तहका ६० वटा वडामध्ये हालसम्म कुनै पनि वडा बालविवाह मुक्त घोषणा हुन सकेका छैनन्। यो पहिलो वडा हुनेछ।
डिल्लीचौर प्रहरी चौकीका इन्चार्ज बुद्धि साउदले बालविवाह गर्दा भोग्नु पर्ने कानुनी सजायको बारेमा जानकारी गराएका थिए। तथ्याङ्क अनुसार जुम्लामा अझै ७० प्रतिशत बालविवाह हुने गरेको छ। पछिल्लो समय प्रविधिको दुरुपयोग, अभिभावले निगरानी नगरेकै कारणले जुम्लामा बालविवाह बढेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ता भन्छन्– एन्फालाई भ्रष्टाचारको अखडा र राजनीतिक भर्ती केन्द्र हुन दिँदैनौँ
-
पूर्णबहादुर खड्काले बोलाए इतर समूहको बैठक
-
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गाना नियुक्त
-
बागमती प्रदेशसभाः २ विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
-
नियमावली र नीति स्वीकृतदेखि विभिन्न नियुक्तिसम्म : यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
गोरखापत्रको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण