पूर्णबहादुर खड्काले बोलाए इतर समूहको बैठक
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पूर्वसभापति शेरबहादुर देउवा समूहको बैठक बोलाएका छन् । खड्काले गोल्फुटारस्थित आफ्नो निवासमा शुक्रबारका लागि निवर्तमान पदाधिकारी र वरिष्ठ नेताहरूको बैठक बोलाएको देउवा समूहका नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।
यसअघि सातै प्रदेशमा भेला सकेको देउवा समूहले ती भेलाको समीक्षा गर्ने समीक्षा गर्ने, विषेश महाधिवेशनपछि पार्टीभित्र देखिएको विवाद समाधानमा संस्थापनले तदारुकता नदेखाएपछि कसरी अगाडि बढ्ने भन्ने रणनीति तय गर्न बैठक आह्वान भएको नेता डा. महतले बताए ।
काठमाडौँको चुनदेवीमा १५ औँ महाधिवेशन तयारीका लागि ‘सम्पर्क कार्यालय’ निश्चित गरेकोले औपचारिकता कहिले दिने भन्ने विषयमा पनि बैठकमा कुराकानी हुनेछ ।
सम्पर्क कार्यालयमा अहिले रंगरोगन बाँकी रहेकाले खड्का निवासमा शुक्रबारको बैठक बस्न लागेको डा.महतले बताए । आज मात्रै देउवा समूहका नेताहरू विमलेन्द्र निधि, डा. शशाङ्क कोइराला र प्रकाशमान सिंहबिच मध्य वानेश्वरस्थित निधि निवासमा भेटघाट भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
युक्रेन युद्धमा हताहतको संख्या २० लाख नाघ्यो
-
विमानस्थलबाट अमेरिका तस्करी हुन लागेको गहना सक्कली सुनचाँदीकै रहेको पुष्टि
-
सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ
-
पेटमा क्यान्सर हुनुभन्दा अघि देखिन्छ यी ५ लक्षण
-
२५ करोड प्रकरण : केन्द्रीय कारागारबाट भागेका कुसाङ लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण