सरकारका प्रवक्ता भन्छन्– एन्फालाई भ्रष्टाचारको अखडा र राजनीतिक भर्ती केन्द्र हुन दिँदैनौँ
काठमाडौँ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई राजनीतिक भर्ती केन्द्र र भ्रष्टाचारको अखडा हुन नदिने दृढता व्यक्त गरेका छन् ।
बिहीबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री पोखरेलले एन्फाभित्रको बेथिति र अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) को निलम्बनका विषयमा सरकार गम्भीर रहेको बताए ।
मन्त्री पोखरेलले एन्फामा विगत लामो समयदेखि भएको सरकारी हस्तक्षेप र पछिल्लो समय देखिएको भ्रष्टाचारका उजुरीहरूका कारण अहिलेको स्थिति पैदा भएको स्पष्ट पारे । 'नेपाली फुटबल अहिले जुन अवस्थामा पुगेको छ, योभन्दा तल झर्ने ठाउँ नै छैन,' उनले भने, 'विगतमा भएका हस्तक्षेप र भ्रष्टाचारका उजुरीहरूले गर्दा फिफाले कारबाही गरेको हो, यसमा सरकारले अब ठोस सुधारको पहल थालेको छ ।'
एन्फाभित्रका अनियमितता र उजुरीहरूको छानबिन गर्न सरकारले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षको नेतृत्वमा एक छानबिन समिति गठन गरिसकेको जानकारी दिँदै उनले भने, 'धेरै भ्रष्टाचारका उजुरीहरू परेका छन्, जसलाई हामीले अत्यन्तै संवेदनशील रूपमा लिएका छौँ । छानबिन समितिको प्रतिवेदन आउने बित्तिकै दोषीउपर कारबाहीका लागि सम्बन्धित निकायमा पठाइनेछ ।'
मन्त्री पोखरेलले अब बन्ने एन्फाको संरचनामा राजनीतिक कार्यकर्ता नभई फुटबल प्रेमी र यस क्षेत्रमा योगदान पुर्याएका पूर्व खेलाडीहरूलाई मात्र स्थान दिइने बताए । 'एन्फालाई हामी अब राजनीतिक भर्ती केन्द्र हुन दिँदैनौँ, जसले फुटबल बुझेको छ र जसले फुटबलमा पसिना बगाएको छ, उसैले यसको नेतृत्व गर्ने वातावरण बनाउँछौँ,' उनले भने ।
नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा पुनरागमन गराउन फिफा र एएफसीसँग वार्ता र संवादको प्रक्रिया सुरु भइसकेको पनि उनले जानकारी दिए । फिफा र एएफसीका पदाधिकारीहरूलाई छलफलका लागि नेपाल बोलाइएको र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै फुटबलको विवाद सुल्झाइने उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
-
सर्वोच्चमा मुद्दाको चाप बढ्यो, किन बढ्न सकेन सुनुवाइको गति ?
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
-
कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण