शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गाना नियुक्त

बिहीबार, १८ असार २०८३, १६ : १४
बिहीबार, १८ असार २०८३

सारांश

  • मन्त्रिपरिषद्को बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको छ।
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा ढुङ्गानालाई यो जिम्मेवारी दिइएको हो।
  • सोही बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावललाई पनि नियुक्त गरेको छ।

काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सुरक्षण मुद्रण केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णयहरूबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा ढुङ्गानालाई सो जिम्मेवारी दिइएको बताए । 

सोही बैठकले सञ्चार क्षेत्रकै अर्को महत्त्वपूर्ण निकाय गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मतबहादुर रावललाई समेत नियुक्त गर्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप