छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं । विभिन्न स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-११ फ्रुटी कारखानास्थित सडकमा रोकी रहेको ना.७ ख ५७१२ नम्बरको ट्रकमा प्रदेश नं.३-०२-०१० प.३२१७ नम्बरको स्कुटर ठोक्किएर गएराति दुर्घटना हुँदा स्कुटर चालक बाग्लुङ जैनिनी नगरपालिका-६ घर भएका २३ वर्षीय किरण केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी ललितपुर महानगरपालिका-५ महालक्ष्मीस्थानमा ना.१ क ९९८१ नम्बरको टिपरको ठक्करबाट सोही महानगरपालिका-२० पुर्णचण्डि बस्ने रामेछाप घर भएका ६१ वर्षीय मान बहादुर थापामगरको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसैगरी नवलपरासी (पश्चिम) को सरावल गाउँपालिका-५ धनगढवामा हाल नम्बर नखुलेको पिकअप गाडीको ठक्करबाट सोही ठाउँ बस्ने ४७ वर्षीया मोतिरानी कोहारको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
झापाको कमल गाउँपालिका-४ सितापुरी स्थित सडकमा पनि बोलेरो गाडीको ठक्करबाट सोही गाउँपालिका-५ बस्ने ४० वर्षीय चन्द्र बहादुर राईको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएको उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यसैगरी मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका-३ स्थित सडकमा भे.१ ख २७५४ नम्बरको बसको ठक्करबाट तनहु रिसिङ गाउँपालका-८ चारघरी घर भई हाल नवलपरासी(पुर्व) गैडाकोट नगरपालिका-४ बस्ने ७६ वर्षीया खिलमाया श्रेष्ठको मंगलबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल जोमसोम हुँदै जिल्ला सरकारी अस्पताल बेनी म्याग्दीमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै
-
बाढी र पहिरोले ५ वटा सडक अवरुद्ध, ३ वटा एकतर्फी
-
राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द
-
बैङ्किङ प्रणालीबाट एकै दिन ९० अर्ब तान्दै राष्ट्र बैङ्क
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
इजरायल र इरानमा रहेका नेपालीको उद्धारका लागि फारम भर्न थालियो