रेशम चौधरी पक्राउ प्रकरण
महिमानसिंह विष्टलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति
बिहीबार, ०१ जेठ २०८२, १७ : ४९
सारांश
- सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टलाई अदालतले थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
- विष्टले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरी कैदमा राख्न पत्र लेखेका थिए।
काठमाडौँ । सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टलाई अदालतले थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गरेर कैदमा राख्न प्रहरी र डिल्लीबजार कारागारलाई पत्र लेखेपछि उनी वैशाख १७ मा पक्राउ परेका थिए ।
उनको पत्रलाई सर्वोच्च अदालत प्रशासनले ‘अनधिकृत’ भनेपछि रेशमलाई पक्राउने विष्ट आफैँ पक्राउ परेका थिए । उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण