शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय
अदालत

रवीन्द्र मिश्रलाई सर्वोच्चमा हाजिर गराइयाे, शुक्रबार पेसी

बिहीबार, ०१ जेठ २०८२, १७ : ३५
बिहीबार, ०१ जेठ २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतमा हाजिर गराइएको छ । बिहीबार अदालत उपस्थित भएका मिश्रको शुक्रबार पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ । 

बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सारिका कार्कीले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको थियो । 

नेपाल प्रहरी प्रधान कार्यालयलाई महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश भएकोमा उक्त जवाफ आउन ढिलाइ भएकाले आज इजलासमा पेस नगरिएको हो । 

लिखित जवाफ सुनाएपछि मिश्रको बयान पनि भोलि नै हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप