ठमेलमा ‘फेशन गाला नाइट २०२३’ हुँदै
काठमाडौँ । ‘फेशन गाला नाइट २०२३’ नामक फेसन सो आयोजना हुने भएको छ । फेसनमा सिर्जनात्मकताको खोजी गर्ने उद्देश्यले अगामी शनिवार अर्थात चैत ११ गते (मार्च २५) मा ठमेलस्थित टेन एक्स क्लबमा सो आयोजना हुन लागेको हो ।
फेसन राष्ट्रिय नेपाल र टेन एक्स क्लबको संयुक्त आयोजना हुने सो मा साँझ ७ बजेदेखि ९ बजेसम्म चल्नेछ । सो मा नेपाली फेशन उद्योगमा योगदान पुर्याएका १० उत्कृष्ट व्यक्तिलाई सम्मान समेत गरिने आयोजक एफएनएनका निर्देशक शेखरराज कँसजुले बताए । सम्मान फेसनकै विभिन्न क्षेत्रमा लामो समयसम्म योगदान गरेकालाई हौसला दिन गर्न लागिएको हो ।
शोमा फेसन फिल्म शोकेस अन्तर्गत फेशनसँग सम्बन्धित भिडियो प्रस्तुति हुनेछ । फेसनसँग सम्बन्धी डिजाइन, ब्रान्ड र बुटिकले बनाएकाले भिडियो सो दिन निःशुल्क हेर्न पाइनेछ । टेन एक्स क्लबलाई फेसन हब बनाउने तयारी अनुसार फेशनका प्रोजेक्टहरूलाई बढाउँदै लगिने निर्देशक कँसजु बताउँछन् । गाला फेसनको साँझ एफएनएनले नयाँ प्रोजेक्ट गर्ने इभेन्टहरू सार्वजनिक गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण