आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभामा विमला राईको प्रश्न–बोल्न खोज्नेको मुख थुन्न मिल्छ ?

बुधबार, ०८ चैत २०७९, १४ : २७
बुधबार, ०८ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवाको मुख थुनेको विषयले राष्ट्रिय सभामा प्रवेश पाएको छ ।

नेकपा एमालेकी सांसद विमला राई पौड्यालले मंगलबार वानेश्वरको एक कार्यक्रममा नाराबाजी गर्ने युवाहरूको मुख थुनेको घटनालाई लिएर गृह मन्त्रालयको जवाफसमेत माग गरेकी छन् ।

राष्ट्रिय सभाको जारी बैठकको शून्य समयमा पूर्व मन्त्रीसमेत रहेकी पौडेलले सामाजिक सञ्जालमा प्रहरीले २ युवाको मुख छोपेको फोटो आएको भन्दै  किन मुख थुनिएको हो ? भन्दै त्यसको जवाफ माग गरेकी हुन् ।

‘प्रहरीले घाँटी न्याकेको र बोल्न खोज्नेको मुख छोपेको फोटो आएको छ । उनीहरूले के बोल्न खोजेका थिए, बोल्न पनि नपाउने ? प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ ? मिल्दैन भने उनीहरूलाई कारबाही हुन्छ कि हुँदैन ? गृह मन्त्रालयको जवाफ चाहन्छु’, राईले भनिन् ।

मंगलबार नयाँ बानेश्वरमा भएको एक कार्यक्रममा सहभागी हुन गएका प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका थिए ।-न्युज कारखाना    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप