आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भीम रावलको प्रश्न : जनताको मुख थुन्ने कु–बुद्धि कसले सिकायो ?

बुधबार, ०८ चैत २०७९, १४ : ३४
बुधबार, ०८ चैत २०७९

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले प्रहरीले मुख थुनेर बोल्न नदिएको विषयमा आपत्ति जनाएका छन् । 

मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित एक कार्यक्रममा सहभागी युवाले बैङ्कको ब्याज घटाउनुपर्ने भन्दै नाराबाजी गरेपछि प्रहरीले युवाहरूको मुख थुनिदिएको थियो, सोही घटनालाई लिएर रावलले आपत्ति जनाएका हुन । 

 

 ‘जनताको मुख थुन्ने तथा देश, विदेशलाई हेर्ने आफ्नै विवेकको आँखा थुन्ने तर दलाल पुँजीपति र बाह्य हस्तक्षेपकारीहरूलाई देश, संस्कृति र राज्यमा दाइँ गर्न खुला छोड्ने ? यस्तो कुबुद्धि कसले सिकायो ?’ रावलले ट्विट गर्दै भनेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप