राहदानी प्रकरणमा रविलाई सफाइ दिनु राजनीतिक सौदावाजी : राष्ट्रिय जनमोर्चा

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राहदानी प्रकरणमा रास्वपपा अध्यक्ष रवि लामिछानेलाई सफाइ दिएकोमा बिरोध र भर्त्सना गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार विज्ञप्ति जारी गर्दै राहदानी प्रकरणमा लामिछानेका विरुद्ध मुद्दा चलाउने आधार नभएको भनि निजलाई सफाइ दिएकोमा भर्त्सना गरेका हुन् । ‘रवि लामिछानेले अमेरिकाको नागरिक हुँदा हुँदै त्यागिसकेको नेपाली नागरिकता प्रयोग गरी राहदानी लिएको कुरा कसैबाट लुकेको छैन’, केसीले भनेका छन्, ‘नेपालको प्रचलित कानुनले विवरण ढाँटी राहदानी लिने कार्यलाई गैर कानुनी र दण्डनीय मान्दछ ।’
उनले रवि लामिछानेले विवरण ढाँटी नेपालको राहदानी लिएको भन्दै उनीमाथि कानुनतः मुद्दा चल्नुपर्ने बताएका छन् । ‘तर रवि लामिछानेलाई सफाइ दिने कार्य भयो । सफाइका दिनुका पछाडि कुनै कानुनी आधारमा नभएर राजनीतिक सौदाबाजीका आधारमा नै गरिएको हो । रवि लामिछानेको पार्टीबाट विश्वासको मत प्राप्त गर्न नै प्रधानमन्त्रीले महान्यायाधिवक्तालाई दबाब दिएर उनलाई सफाइ दिने निर्णय गरेका हुन्, जुन सरासर गलत छ’, जनमोर्चाले भनेको छ ।
राहदानी प्रकरणमा लामिछानेलाई सफाइ दिने सरकारको कार्यको घोर विरोध तथा भर्त्सना गर्दै लामिछानेको पार्टी अमेरिकी साम्राज्यवादको स्वार्थपूर्तिका लागि बनेको दावी जनमोर्चाको छ । ‘त्यसकारण त्यो संगठनको गतिविधिका कारणले देशको सार्वभौमिकता र राष्ट्रियतामा गम्भीर आँच पुग्ने कुरा थाहा हुँदा हुँदै पनि सरकारले विश्वासको मत लिनका लागि उनीप्रति अपनाएको नीति भर्त्सनायोग्य छ’, जनमोर्चाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्रलाई सर्वोच्चमा हाजिर गराइयाे, शुक्रबार पेसी
-
कर्णालीका मुख्यमन्त्री भन्छन्- बिमा कम्पनी सहर केन्द्रित भए,गाउँ बस्तीमा विस्तार गर्नुहोस्
-
चलचित्र विकास बोर्डको सदस्यमा भट्ट नियुक्त
-
तीनकुने घटना : आपराधिक उपद्रवमा संलग्नलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
-
सांसद पत्नी अन्जला जोडिएको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश
-
वाईसीएलको कर्णाली प्रदेश अध्यक्षमा शर्मा पक्षधर ओली चयन