तनहुँमा दश खानेपानी आयोजना अन्तिम चरणमा

तनहुँ । गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा खानेपानी आयोजना निर्माण तीव्र रूपमा भइरहेको छ । जिल्लामा निर्माणधीन अवस्थामा रहेका एक सय उनानचालिस आयोजनामध्ये दश आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको रू एक करोड चौबन्न लाखको लागतमा उक्त आयोजनाको निर्माण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका इञ्जिनीयर वामदेव पौडेलले जानकारी दिए ।
आठ सय ५८ घरधुरीका करिब चार हजार दुई सय ९० जना आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने उनले बताए । पौडेलका अनुसार अधिकांश आयोजना लिफ्टबाट निर्माण गरिएका छन् भने केही ग्राबिटी प्रणालीका आयोजना छन् । आयोजनाको काम अन्तिम चरणमा पुगेकाले लामो दूरीबाट पानी बोकेर खानुपर्ने समस्याको अन्त्य हुनुका साथै करेसाबारीमा सिँचाइ समेत गर्न सकिने भएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । इञ्जिनीयर वामदेव पौडेलले भानु नगरपालिका–१० स्थित चेककोट खानेपानी आयोजनाको लागि रू बीस लाख बजेट विनियोजन भएपछि निर्माण सुरु गरिएको थियो ।
ऋषिङ गाउँपालिका–३ को भीरकोट खानेपानी आयोजनबाट एक सय ६०, ऋषिङ गाउँपालिका–८ को घुर्रा छहरा खानेपानीबाट एक सय ६५, व्यास–९ को सतिश्वारा खोपानीबाट एक सय ५० ,बन्दीपुर–२ को पार्चे खानेपानीबाट सत्तरी घरधुरीका बासिन्दा लाभान्वित हुने छन् । त्यसैगरी भानुको भीमसेन खानेपानीबाट ५५, शुक्लागण्डकी–२ को हलेदी पिपलतारा खानेपानीबाट ५४, भानु–५ को पोखरीथोक कोलागैरी खानेपानीबाट ६५, बन्दीपुर–१ को भूँडाटार खानेपानी आयोजनाबाट ९० र भीमाद नगरपालिका–४ गिजनडाँडा खानेपानी आयोजनाबाट १७ घरपरिवार लाभान्वित हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झालाई मनोज स्मृति पत्रकारिता पुरस्कार प्रदान
-
गर्मी बढेसँगै हेटौँडाका विद्यालय ६ दिनका लागि बन्द
-
भारतीय रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २८८ पुग्यो
-
नागरिकता विधेयक प्रमाणीकरणबारे कांग्रेस : राष्ट्रपतिबाट संसद् र संविधानको सम्मान र संरक्षण भयो
-
टर्कीमा एर्दोगान तेस्रोपटक राष्ट्रपति : शनिवार लिए सपथ
-
तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका