कुञ्जना भन्छिन्, ‘मेरोमा नग्न तस्बिर आउन थाल्यो, कि मलाई सफाइ देऊ कि सजाय’
कुञ्जना घिमिरे ‘सुन्तली’ ले आफ्नो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको बताएकी छिन् । उनले आफूमाथि विभिन्न तुच्छ गालीको समेत बर्सात भएको भन्दै आफ्नो मन दुखेको बताएकी छिन् ।
कुञ्जनाले आफ्नो फेसबुक पोस्टमा लेखेकी छिन्, ‘अबको हरेक वार्ता खुलेआम रङ्गशाला मैदानमा गरियोस् नाकी बन्द कोठामा । मलाई मेरो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको छ । विभिन्न तुच्छ गालीको बर्सात भइरहेको छ ।’
उनले राज्यसँग चित्त दुखाउँदै भनेकी छिन्, ‘म पनि मान्छे हुँ । धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग ।’
उनले धुर्मुसजस्तै आफू पनि मानसिक यातनाले विक्षिप्त भएको बताएकी छिन् । उनी लेख्छिन्, ‘धुर्मुस जीले केही समय धैर्य गर भन्दै गर्दा यत्तिका समय सुन्नै नसकिने शब्दहरूका गाली गलौच सहँदै आएँ र आज म मानसिक यातनाले विक्षिप्त भएको छु ।’
‘अब सुन्ने र सहने शक्ति छैन ममा । कि मलाई सफाइ देऊ कि सजाय, तर जे गर्छौ छिटो गर,’ उनले अन्तिममा लेखेकी छिन् ।
हाल धुर्मुस–सुन्तली गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा अनियमितता गरेको भन्दै सर्वत्र विरोधको केन्द्रमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण