कुञ्जना भन्छिन्, ‘मेरोमा नग्न तस्बिर आउन थाल्यो, कि मलाई सफाइ देऊ कि सजाय’

कुञ्जना घिमिरे ‘सुन्तली’ ले आफ्नो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको बताएकी छिन् । उनले आफूमाथि विभिन्न तुच्छ गालीको समेत बर्सात भएको भन्दै आफ्नो मन दुखेको बताएकी छिन् ।
कुञ्जनाले आफ्नो फेसबुक पोस्टमा लेखेकी छिन्, ‘अबको हरेक वार्ता खुलेआम रङ्गशाला मैदानमा गरियोस् नाकी बन्द कोठामा । मलाई मेरो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको छ । विभिन्न तुच्छ गालीको बर्सात भइरहेको छ ।’
उनले राज्यसँग चित्त दुखाउँदै भनेकी छिन्, ‘म पनि मान्छे हुँ । धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग ।’
उनले धुर्मुसजस्तै आफू पनि मानसिक यातनाले विक्षिप्त भएको बताएकी छिन् । उनी लेख्छिन्, ‘धुर्मुस जीले केही समय धैर्य गर भन्दै गर्दा यत्तिका समय सुन्नै नसकिने शब्दहरूका गाली गलौच सहँदै आएँ र आज म मानसिक यातनाले विक्षिप्त भएको छु ।’
‘अब सुन्ने र सहने शक्ति छैन ममा । कि मलाई सफाइ देऊ कि सजाय, तर जे गर्छौ छिटो गर,’ उनले अन्तिममा लेखेकी छिन् ।
हाल धुर्मुस–सुन्तली गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा अनियमितता गरेको भन्दै सर्वत्र विरोधको केन्द्रमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
टोपबहादुर निलम्बन र मणिलाई ‘बिदा’ दिँदा एमालेमा भीम रावल गायब !
-
भारत भ्रमणबारे राष्ट्रिय सभामा के भने प्रधानमन्त्री प्रचण्डले ?
-
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहसमा केशव दुलालका कानुन व्यवसायीले के भने ?
-
प्रधानमन्त्रीलाई १५ राष्ट्रियसभा सदस्यको प्रश्न : माहोल बिग्रने त्यो अचम्मको पोको के हो ?
-
सुकुम्बासीलाई जग्गाधानी बनाउन सरकार प्रयासरत छ : मन्त्री चौधरी