ओलीको एक महिने सडक यात्रा मंसिरमा
शुक्रबार, १० चैत २०७९, १४ : ५९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही बैशाखबाट सुरु गर्ने भनेको पूर्वपश्चिम सडक यात्रा मंसिरमा मात्रै गर्ने भएका छन् ।
‘यही वैशाखमा सुरु गर्ने भनिएको थियो, अव मंसिरमा मात्रै हुने भयो । पहाडी बाटोबाट महाकालीको झुलाघाटबाट लगभग एक महिना लगाएर पाँचथरको चिवाभञ्ज्याङसम्मका जनतासँग भेटघाट गर्ने योजना छ’, शुक्रवार झापामा आयोजित पार्टी कार्यक्रममा बोल्दै ओलीले भने, ‘राजमार्ग नै राजमार्ग हिँड्ने मेरो योजना छ मंसिरमा ।’ यसअघि ओलीले आफ्नो एक महिने सडक यात्रा वैशाखमा गर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण