सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओलीको एक महिने सडक यात्रा मंसिरमा

शुक्रबार, १० चैत २०७९, १४ : ५९
शुक्रबार, १० चैत २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही बैशाखबाट सुरु गर्ने भनेको पूर्वपश्चिम सडक यात्रा मंसिरमा मात्रै गर्ने भएका छन् । 

‘यही वैशाखमा सुरु गर्ने भनिएको थियो, अव मंसिरमा मात्रै हुने भयो । पहाडी बाटोबाट महाकालीको झुलाघाटबाट लगभग एक महिना लगाएर पाँचथरको चिवाभञ्ज्याङसम्मका जनतासँग भेटघाट गर्ने योजना छ’, शुक्रवार झापामा आयोजित पार्टी कार्यक्रममा बोल्दै ओलीले भने, ‘राजमार्ग नै राजमार्ग हिँड्ने मेरो योजना छ मंसिरमा ।’ यसअघि ओलीले आफ्नो एक महिने सडक यात्रा वैशाखमा गर्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप